YouTube Link

पत्रकारितामा देखिएको पछिल्लो रोग

World Cup 2026
Facebook Link
vision

पत्रकार को हो ? के टेलिभिजनमा राशीफल पढ्नेलाई पनि पत्रकारको परिचय दिन मिल्छ ? वा कुनै पत्रिकामा स्तम्भ लेख्नेलाई पत्रकार भन्न मिल्छ ? यस्का लागि प्रेस काउन्सिलले तयार पारेको आचारसंहिता २०७३ को दफा २ (१) पल्टाऔं ।

त्यहाँ ‘पत्रकार’ को परिचय दिँदै भन्छ कुनै सञ्चारमाध्यममा समाचार सामग्री संकलन, उत्पादन, सम्पादन र सम्प्रेषण जस्ता कार्यसँग आवद्ध प्रधान सम्पादक, सम्पादक, सम्पादक मण्डलको सदस्य, संवादाता, स्तम्भलेखक, विश्लेषक, स्वतन्त्र पत्रकार, फोटो पत्रकार, प्रेस–क्यामेरापर्सन, व्यंग्यचित्रकार, रेखाचित्रकार, कार्यक्रम निर्माता, निर्देशक, प्रस्तुतकर्ता वा सञ्चालक, साजसज्जाकर्ता, दृश्य सम्पादक, भाषा सम्पादक जस्ता पत्रकारितामूलक कार्यसँग सम्बन्धित सञ्चारकर्मी सम्झनुपर्छ ।’

 

बजारमा एउटा जिमेल आइडीको भरमा युट्युबे च्यानल खोलेर क्यामरा र बुम लिएर हिडेकाहरुले पत्रकारको बिल्ला भिराइएको छ । जो डलरको लोभमा श्रीमान श्रीमतीको झगडादेखि अश्लिल सामाग्री पोष्ट गर्दैछन् । १२० बर्षे इतिहास बोकेको नेपाली पत्रकारिता क्षेत्र ।

 

तर अहिले त बजारमा एउटा जिमेल आइडीको भरमा युट्युबे च्यानल खोलेर क्यामरा र बुम लिएर हिडेकाहरुले पत्रकारको बिल्ला भिराइएको छ । जो डलरको लोभमा श्रीमान श्रीमतीको झगडादेखि अश्लिल सामाग्री पोष्ट गर्दैछन् । १२० बर्षे इतिहास बोकेको नेपाली पत्रकारिता क्षेत्र ।

कुनै समय छापामाध्यममा मात्र सीमित पत्रकारिताको दायरा फराकिलो हुँदै गएको छ । २४ घण्टा, साता दिन मात्र कुरेर खबर पाइने जमाना अब रहेन । पल पलका खबर हरपल पाइने स्थिती आयो । प्रविधिले यसरी फड्को मार्यो कि एकै क्लिकमा विश्वभरको खबर पाइने स्थिती रह्यो । प्रविधिको फड्कोसँगै अब पाइलै पिच्छे चुनौती थपियो ।

बिकृतीका बान्की

बिकृती पनि कस्तोसम्म भने,एक पत्रकार,एक अनलाइन । एक घर एक अनलाइन । श्रीमती अध्यक्ष, श्रीमान सम्पादक, छोरा व्यवस्थापक । एकै परिवारकाले अनलाइन चलाउने । एक ल्यापटप,एक अनलाइन चल्ने । अझैं युट्युबरहरुका कारण पत्रकारको छाप नै बदलिएको छ ।

श्रीमान श्रीमतीको झगडामा समेत क्यामेरा तेर्साउन पुग्ने युट्युबरहरुको कारण समाजले पत्रकारलाई हेर्ने दृष्टिकोण बदलिएको छ तर समाजलाई युट्युबर पत्रकार होइनन् । हातमा बुम लिएर हिड्दैमा पत्रकार,क्यामरा झुण्डाउँदैमा पत्रकार होइदैन भनेर कस्ले बुझाइदिने ?

भीडमा फरक देखिन र भ्यूज तान्ने नाममा अनेक तिकडम । ठूला मिडियामा आएका कन्टेन्ट कपि पेष्ट गर्यो,अन्टसन्ट शीर्षक हाल्यो । त्यस्तै समाचार क्लिक धेरै हुने, पाठकको भीड लाग्ने । यी र यस्ता रोग छन् अहिले पत्रकारितामा । सबैभन्दा ठूलो समस्या छ पत्रकारितालाई कसरी जोगाउने बजारका नक्कली पत्रकारहरुबाट ?

आज पत्रकारिता क्षेत्रमाथि चौतर्फी प्रहार छ । हामी अर्काका आङका जुम्रा खोज्दौं त हिडछौं तर आफ्नै आङको जुम्रा देख्दैनौं । चौथो अंग मानिने प्रेस जगतका सबै अंग स्वस्थ छैन भन्दैमा सबै पत्रकारलाई एउटै डालोमा हालेर हेर्न मिल्छ कि मिल्दैन् ?

उस्तै छ बजार

सानो बजार,धेरै मिडिया । विज्ञापन दिने निकाय सीमित । विज्ञापन दाताहरुको सोच कस्तो छ भने तपाईको अनलाइनको भ्यूज कति छ ? शेयर कति हुन्छ ? यस्तै कुरालाई प्रथामिकता दिन्छ बजार । अनि त्यही बजारलाई प्रभाव पार्नका लागि न्यूज बुष्ट गरेर हुन्छ वा फेक शेयर देखाएर हुन्छ अनेक तिकडम चल्छन् ।

अहिले सबैभन्दा बढी अनलाइनहरु देखिन्छन् आर्थिक क्षेत्रमा । फोकस पनि त्यतै । फलेको वृक्षमै त हो मान्छेले झटारो हान्ने । झरे पनि नझरे पनि । फेक र पेड न्यूजबाट आजित छन् बैंकर । विज्ञापन माग्न जाने । नपाए कथा कुथंगी लेखेर धुरुक्क पार्ने प्रवृत्तिबाट आजित छन् बैंकका सीइओहरु ।

सक्कली र इमान्दार पत्रकारहरु आँशु पिउन बाध्य छन् । यस्तै नक्कली र बजारियाहरुको चुरीफुरी हेरिनसक्नु छ । कसरी रोक्ने यस्तो खेलोफड्को ? कस्ले रोक्ने यस्ता गन्धकी खेलहरु ? यी र यस्ता गतिविधिको नियन्त्रणमा महासंघ र शाखाहरुको भूमिका के हुने ? अब प्रश्न खोज्ने मात्र होइन्,सामाधान खोज्ने बेला भइसकेको छ ।

 

श्रीमान श्रीमतीको झगडामा समेत क्यामेरा तेर्साउन पुग्ने युट्युबरहरुको कारण समाजले पत्रकारलाई हेर्ने दृष्टिकोण बदलिएको छ तर समाजलाई युट्युबर पत्रकार होइनन् । हातमा बुम लिएर हिड्दैमा पत्रकार,क्यामरा झुण्डाउँदैमा पत्रकार होइदैन भनेर कस्ले बुझाइदिने ?

 

शाखाको शाख

पत्रकार महासंघको देशैभर शाखा छन् । तीमध्ये पृथक छ काठमाडौं शाखा । ७७ जिल्लाबाट काठमाडौंमा आएर पत्रकारिता गरिरहेकाहरु सदस्य बन्न र यहाँको नेतृत्वमा पुग्न सक्छन् । धेरै पुगेका छन् । काठमाडौं शाखामा देशैभरका सबैभन्दा धेरै क्रियाशिल पत्रकारहरु छन् ।

पत्रकारहरुको हकहित मात्र होइन् नेपालको लोकतान्त्रिक आन्दोलनमा सधैं अग्रणी भूमिकामा रहँदै आएको छ पत्रकार महासंघ काठमाडौं शाखा । अग्रजहरुले यो संस्थाको भूमिका र गरिमा बढाएका हुन् । त्यसलाई कायम गर्नु हाम्रो पुस्ताको चुनौती छ । इतिहास खोतल्ने हो भने ०३६ सालको आन्दोलनदेखि ०४६ को परिवर्तन हुँदै ६२ वा ६३ को आन्दोलन । यी सबैमा अग्रिणी भूमिकामा रह्यो काठमाडौं महाशाखा ।

कोरोना कहर र लकडाउनपछि धेरै श्रमजीविको रोजी रोटी खोसियो । मालिकहरुले धेरै कलमजीविलाई जागिरबाट निकाले । यस्तो अवस्थामा समेत ती पत्रकारहरुको सारथी बन्ने प्रयास गर्यो काठमाडौं शाखाले । कुनै समय सरकारी कर्मचारीदेखि व्यापारी र ठेकेदार,स्कूलको साहुको हातमा समेत प्रेस पास । त्यस्ता पास फिर्ता गरी नक्कली पत्रकारहरुलाई धेरै हदसम्म हटाइएको छ अहिले । अझैं धेरै सुधार गर्नुछ काठमाडौं शाखालाई । बिगतका कमिकमजोरीहरुबाट पाठ सिकेर संस्थालाई एउटा गतिमा अघि बढाउनु आगामी नेतृत्वको अगाडि चुनौतिहरु छन् ।

कस्ले सुधार्ने ? को सुध्रने ?

अक्सर हामी चाहन्छौं अरु सुध्रिए हुन्थ्यो । हामी आफू चाहिँ सुध्रन नपरे हुन्थ्यो । मान्छे स्वभावैले अरुलाई सुधार्न खोज्छ तर आफू सुध्रन खोज्दैन् । योगी विकासानन्दको भनाई सापटी लिने हो भने संसार बदल्ने हो भने शुरुवात आफैं गर्नुपर्दछ ।

आज नेपालमा झण्डै २५ हजारभन्दा बढी पत्रकारिताको परिचय पत्र बोकेका पत्रकार छौं । त्यसमा सक्रिय पत्रकार कति छौं ? जति सक्रिय छौं इमान्दार ढंगले पत्रकारिता गर्ने र आफू सुध्रने हो भने यो क्षेत्रप्रति कसैले प्रश्न उठाउने ठाउँ रहँदैन् ।

त्यसैले सबैभन्दा पहिला सेल्फ सेन्सरसिप अर्थात आफूले आफैलाई कडा अनुसाशनको दायरमा बाँधेर आफैं सुध्रने हिम्मत गरौं । त्यति भए पत्रकारिता क्षेत्रमा लाग्दै आएको दाग केही भए पनि मेटिने थियो । यस्का लागि प्रशिक्षणका कार्यक्रमहरु चलाउन ढिला भइसकेको छ ।

(लामा नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाका सह सचिव हुनुहुन्छ ।)

नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाको प्रकाशनमा “पत्रकारिता” स्मारिकाबाट

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...