ग्लोबल आइएमई बैंकको नयाँ शाखा सिराहाको सुखीपुरमा
वि.सं.२०७७ माघ २७ मंगलवार १४:१२
2.4K
shares
सिराहः ग्लोबल आइएमई बैंक लिमिटेडले सिराहाको सुखीपुर-८ बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
नयाँ शाखाको शुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २ सय ६९पुगेको छ ।
बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७४ जिल्लामा २ सय ६९ शाखा, २ सय ४२ एटीएम, २ सय ४५ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब ८ सय सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकहरुबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
‘सबैका लागि बैंक’भन्ने नारालाई सार्थकता दिँदै बैंकले २२ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
वि.सं.२०७७ माघ २७ मंगलवार १४:१२




















