कृषि विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग
वि.सं.२०७७ माघ ९ शुक्रवार १८:२४
1.3K
shares
काठमाडौं: कृषि विकास बैंकले चार तहको लेखापालदेखि ९ तहकको वरिष्ठ शाखा प्रमुखसम्मका लागि आवेदन आह्वान गरेको हो । बैंकले शुक्रबार एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।
कृषि विकास बैंकले जारी गरेको सूचना अनुसार बैंकले कुल १५ वटा पदका लागि ३२६ जना कर्मचारी माग गरेको हो। यसमध्ये १८१ जना खुला, ५२ जना महिला, ३७ जना आदिवासी र जनजाति, ३० जना मधेसी, १३ जना दलित, ६ जना अपांगता भएका र ७ जना पिछडिएको क्षेत्रबाट जागिरका लागि आवेदन माग गरेको हो।
पदअनुसार योग्यता फरक फरक तोकिएको छ । नियुक्ति स्थायी हुने छ । कम्तिमा प्लसटु उत्तीर्ण हुनु पर्नेछ । परीक्षा दस्तुर ४ सयदेखि एक हजार रुपैयाँसम्म लाग्ने छ । परीक्षा दस्तुर कनेक्ट आइपीएस, इसेवा र खल्ती एपलगायतबाट बुझाउन सकिन्छ।
बैंकको वेबसाइटमा यो सुविधा उपलब्ध छ । अनलाइनबाट फारम भर्न सकिने छ । उमेर हद पदअनुसार फरक फरक छ । ४० वर्षसम्मकाले आवेदन दिन सक्ने छन् ।
यो पनि पढ्नुहोस् :
ग्लोबल आइएमई बैंकले क्यूआर कोडमार्फत भुक्तानी प्रवद्र्धन
वि.सं.२०७७ माघ ९ शुक्रवार १८:२४



















