YouTube Link

राष्ट्रिय वाणिज्य बैंक मार्फत भुक्तानी हुने कर तथा राजस्व मोबाइल बैंकिङ्बाटै भुक्तानी गर्न सकिने

Facebook Link

काठमाडौं:  राष्ट्रिय वाणिज्य बैंक मार्फत भुक्तानी हुने कुनै पनि किसिमको कर तथा राजस्व करदाताहरूले आफ्नो मोबाइल बैंकिङ्बाटै भुक्तानी गर्न सकिने सम्बन्धमा विहिबार सम्झौता भएको छ ।

मोबाइल बैंकिङ् मार्फत कर तथा राजस्व भुक्तानी गर्न सकिने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंक, नेपाल क्लियरिङ्ग हाउस, खल्ती, आइएमई पे, प्रभु पे र  नेपाल पे बीच सम्झौता भएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको समुपस्थितिमा भएको सम्झौता पत्रमा राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट उपकार्यकारी अधिकृत देवेश प्रसाद लोहनी, नेपाल क्लियरिङ्ग हाउसको तर्फबाट प्रमुख संचालन अधिकृत मुन्नी राजभण्डारी, खल्तीका तर्फबाट प्रोडक्ट डेभलपमेण्ट प्रबन्धक अनमोल राट्रिय, आइएमई पे का तर्फबाट व्यवसाय विकास प्रमुख अमोद भट्टराई, प्रभु पे का तर्फबाट प्रबन्ध संचालक कुसुम लामा  र नेपाल पे का तर्फबाट प्रमुख संचालन अधिकृत मालिका भट्टराइले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौतापश्चात करदाताले आन्तरिक राजस्व विभाग अन्तरगतका कुनैपनि राजस्व कार्यालयको भ्याट, सम्पती कर, व्यवसाय कर तथा अन्य सेवा शुल्क मोबाइल बैंकिङ्गबाट सहजै रकम भुक्तानी गर्न सक्नेछन् ।

यस्तै राष्ट्रिय वाणिज्य बैंक मार्फत बुझाइने अन्य कुनैपनि किसिमका कर तथा राजस्व पनि यसबाट भुक्तानी गर्न सकिनेछ । कार्यक्रममा बैंकका विभागीय प्रमुख रिको स्थापित लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस् :

कृषि विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...