Rajshow Bivag

एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त बीच मर्जर सम्बन्धी समझौता

Departmant of helth services

काठमाडौं:  कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रदेश १ स्थित सुनसरी जिल्लाको इटहरीमा रजिष्टर्ड कार्यालय रहेको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडका बीच मर्जर सम्बन्धी अन्तीम समझौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । मर्जर हुने यी दुबै संस्थाहरु नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरका संस्थाहरु हुन ।

मिति २०७७ श्रावण ३२ गते दुई संस्था बिच मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भई मिति २०७७ कार्तिक १९ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तीक सहमति प्राप्त भई आज मिति २०७७ पौष १० गते मर्जर गर्ने सम्बन्धी अन्तीम समझौता भएको हो । उक्त सम्झौतामा एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट संस्थाका अध्यक्ष कपिल ढकाल र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट संस्थाका अध्यक्ष लालमणी जोशीले हस्ताक्षर गर्नु भएको छ ।

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको कर्णाली प्रदेश लगायत मुलुकका विकट पहाडी तथा हिमाली जिल्लाहरुमा समेत गरी कूल १२० शाखा संचालनमा रहेको छ भने स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको नेपाल भरि ८५ शाखा संचालनमा रहेका छन् । मर्जर पश्चात कुल शाखा संख्या १९३ शाखा हुनेछ ।

मर्जर सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गरी मर्जर पश्चात् एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट देशकै सबै भन्दा ठूलो शाखा संजाल र चुक्ता पूँजी भएको एक सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित हुनेछ ।

त्यस्तै उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाले वित्तीय समावेशिकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आएको र आगामी दिनहरुमा पनि सोहि अनुरुप कार्य गर्नेछ ।

यो पनि पढ्नुहोस् :

ग्लोबल आइएमई बैंक र निर्यात व्यवसायी महासंघबीच सम्झौता

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
के-के भए लगानी सम्मेलनमा सम्झौता ? यी हुन् महत्वपूर्ण सम्झौता

के-के भए लगानी सम्मेलनमा सम्झौता ? यी हुन् महत्वपूर्ण सम्झौता

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४०

  काठमाडौं: दुईदिने लगानी सम्मेलनका क्रममा विभिन्न क्षेत्रमा सहकार्य सम्बन्धी...

आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

वि.सं.२०८१ वैशाख १६ आइतवार ०८:३९

  काठमाडौं: काठमाडौंमा आजदेखि तेस्रो लगानी सम्मेलन हुँदैछ । मुलुकमा...

अत्यावश्यक भेट्नै पर्ने सरोकारवालाहरूलाई पहिल्यै समय लिएर मन्त्रालय आइदिन आग्रह

अत्यावश्यक भेट्नै पर्ने सरोकारवालाहरूलाई पहिल्यै समय लिएर मन्त्रालय आइदिन आग्रह

वि.सं.२०८० चैत १९ सोमवार ११:०१

  काठमाडौं: आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट मस्यौदा...

पेट्रोलको मुल्य प्रतिलिटर ४ रुपैयाँले बढेर १७५ पुग्यो

पेट्रोलको मुल्य प्रतिलिटर ४ रुपैयाँले बढेर १७५ पुग्यो

वि.सं.२०८० चैत १९ सोमवार ०७:२५

  काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ...

पूर्वाधार र रोजगारी सिर्जनाका क्षेत्रमा कोषको लगानी विस्तार आवश्यकः अर्थमन्त्री वर्षमान पुन

पूर्वाधार र रोजगारी सिर्जनाका क्षेत्रमा कोषको लगानी विस्तार आवश्यकः अर्थमन्त्री वर्षमान पुन

वि.सं.२०८० चैत ७ बुधवार ०८:५२

  काठमाडौं: पूर्वाधार र रोजगारी सिर्जनाका क्षेत्रमा कोषको लगानी विस्तार...

चैत महिनाका लागि बैंक तथा वित्तीय संस्थाले तोके नयाँ ब्याजदर

चैत महिनाका लागि बैंक तथा वित्तीय संस्थाले तोके नयाँ ब्याजदर

वि.सं.२०८० चैत १ बिहीवार ०७:४२

  काठमाडौं: चैत महिनाका लागि बैंक तथा वित्तीय संस्थाले नयाँ...