YouTube Link

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड सम्मानित

Facebook Link

काठमाडौं:   एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लि. उत्कृष्ट कर सहभागिता गरेको विधामा सम्मानित भएको छ ।

जाजरकोटमा २०७७/०८/०७ मा आयोजित एक कार्यक्रमका बिच एनआईसी  एशिया लघुवित्त वित्तीय संस्थालाई प्रमुख कर अधिकृत श्री डा.राम प्रसाद मैनालीले सम्मानीत गर्नुभएको हो ।

 

जाजरकोट जस्तो विकट जिल्लामा केन्द्रिय कार्यालय रहेर पनि देशभर व्यवसायिक सेवा सुविधा प्रदान गरिरहेको एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वोत्कृष्ट आयकर सहभागिता जनाई उत्कृष्ट भएको हो ।

 

जाजरकोटमा केन्द्रिय कार्यालय स्थापना गरी देशैभरि शाखा संचालन विस्तार गरि छोटो अवधिमा नै सरकार प्रतिको दायित्वमा आयकर मार्फत उत्कृष्ट योगदान गर्न सफल भएकोमा एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड गौरवान्भित भएको छ ।

 

संस्थाले हालसम्म संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत करीव रु ११ लाख र आयकर अन्तर्गत करीव रु. ८ करोड ४६ लाख गरि राजस्वमा जम्मा रु ८ करोड ५७ लाख योगदान गरेको छ ।

 

दुर्गम स्थानबाट सेवा प्रदान गरी यति धेरै योगदान राजश्वमा गर्न सकिएकोमा एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लि. गौरवान्वित भएकोछ ।

 

यस एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले स्थापना भएको छोटो समयमा नै लघुवित्त क्षेत्रमा उच्च योगदान गर्न सफल भएको छ ।

 

आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र यस संस्था प्रतिको भरोसा सहित हाल १२० शाखा कार्यालयहरुबाट करिव ४७ हजार सदस्यहरु सहित करीव ३६ हजार कर्जा सेवाग्राहीहरुको सहयात्रीको रुपमा वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

 

साथी संगै सवल बन्दै भन्ने मुल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आइरहेको छ ।

यो पनि पढ्नुहोस् :

https://www.akhabarnepal.com/2020/11/19439/

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...