Rajshow Bivag

कुमारी बैंकले बोनस दर बढाएर लाभांश संशोधन

Departmant of helth services

काठमाडौं:  कुमारी बैंकले गत आर्थिक वर्ष २०७६/७७ को लागि प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ । बैंकले कुल लाभांश १४ प्रतिशत नै हुने गरी बोनसको दर बढाएर लाभांश संशोधन गरेको हो । बैंकको कात्तिक ५ गतेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।

 

नेपाल राष्ट्र बैंकले उक्त लाभांश संशोधनका लागि निर्देशन दिएसँगै बैंकले १० दशमलव ८५ प्रतिशत बोनस शेयर र ३ दशमलव १५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बैंकको कात्तिक २१ गतेको सञ्चालक समितिले संशोधन गर्ने निर्णय गरेको यो लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।

 

देवः विकास बैंकलाई प्राप्ती गरी असार २८ गतेदेखि एकिकृत कारोबार सुरु गरेको यस बैंकका शेयरधनीहरुले यो वर्ष करमा छुट पाउनेछन् । प्राप्ती प्रकृया पुरा गरेको यस बैंकले यस वर्ष बोनस शेयरमा लाग्ने कर वापतको रकममा छुट पाउनेछ । यसर्थ कुमारी बैंकका शेयरधनीहरुले १४ प्रतिशतनै लाभांश हात पार्नेछन् ।

 

हाल बैंकको चुक्तापूँजी १२ अर्ब ५२ करोड ४९ हजार रुपैयाँ रहेको छ । गत असार मसान्तसम्म बैंकले  १ अर्ब २२ करोड ६५ लाख ५९ हजार  रुपैयाँ खुद नाफा गरेको छ । सो अवधिसम्म बैंकको वितरणयोग्य नाफा ७१ करोड २८ लाख ८३ हजार रुपैयाँ थियो । गत वर्ष भन्दा यो वर्ष कुमारी बैंकको लाभांशमा भने बृद्धि भएको छ । गत वर्ष यस बैंकले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश दिएको थियो ।

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
अत्यावश्यक भेट्नै पर्ने सरोकारवालाहरूलाई पहिल्यै समय लिएर मन्त्रालय आइदिन आग्रह

अत्यावश्यक भेट्नै पर्ने सरोकारवालाहरूलाई पहिल्यै समय लिएर मन्त्रालय आइदिन आग्रह

वि.सं.२०८० चैत १९ सोमवार ११:०१

  काठमाडौं: आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट मस्यौदा...

पेट्रोलको मुल्य प्रतिलिटर ४ रुपैयाँले बढेर १७५ पुग्यो

पेट्रोलको मुल्य प्रतिलिटर ४ रुपैयाँले बढेर १७५ पुग्यो

वि.सं.२०८० चैत १९ सोमवार ०७:२५

  काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ...

पूर्वाधार र रोजगारी सिर्जनाका क्षेत्रमा कोषको लगानी विस्तार आवश्यकः अर्थमन्त्री वर्षमान पुन

पूर्वाधार र रोजगारी सिर्जनाका क्षेत्रमा कोषको लगानी विस्तार आवश्यकः अर्थमन्त्री वर्षमान पुन

वि.सं.२०८० चैत ७ बुधवार ०८:५२

  काठमाडौं: पूर्वाधार र रोजगारी सिर्जनाका क्षेत्रमा कोषको लगानी विस्तार...

चैत महिनाका लागि बैंक तथा वित्तीय संस्थाले तोके नयाँ ब्याजदर

चैत महिनाका लागि बैंक तथा वित्तीय संस्थाले तोके नयाँ ब्याजदर

वि.सं.२०८० चैत १ बिहीवार ०७:४२

  काठमाडौं: चैत महिनाका लागि बैंक तथा वित्तीय संस्थाले नयाँ...

नेपाल राष्ट्र बैंकद्वारा ६ महिनाको तथ्यांकमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक

नेपाल राष्ट्र बैंकद्वारा ६ महिनाको तथ्यांकमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक

वि.सं.२०८० माघ २३ मंगलवार १४:४२

  काठमाडौं: नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ६ महिनाको...

राष्ट्रिय वाणिज्य बैंक ५८ वर्ष पूरा गरी ५९औँ वर्षमा प्रवेश

राष्ट्रिय वाणिज्य बैंक ५८ वर्ष पूरा गरी ५९औँ वर्षमा प्रवेश

वि.सं.२०८० माघ ११ बिहीवार १६:२५

  काठमाडौं: राष्ट्रिय वाणिज्य बैंक लिमिटेड स्थापनाको ५८ वर्ष पूरा...