YouTube Link

प्राइम कमर्सियल बैंकको नाफा ५४ दशमलव २४ प्रतिशतले बृद्दि

Facebook Link

काठमाडौं:  प्राइम कमर्सियल बैंकले गत वर्षको भन्दा यस वर्षको पहिलो त्रैमासमा ५४ दशमलव २४ प्रतिशत बढी खुद नाफा गरेको छ । बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण कात्तिक २० गते सार्वजनिक गरेको हो ।

उक्त विवरण अनुसार बैंकको नाफा  १ अर्ब १ करोड ७६ लाख ३४ हजार रुपैयाँ रहेको छ । गत वर्ष पहिलो त्रैमासमा बैंकले ६५ करोड ९७ लाख ६७ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

 

कोरोना महामारीका विच पनि निरन्तर व्यवसाय सञ्चालन गरेको बैंकले नाफा बृद्धि गर्न सफल भएको हो । यो बर्ष बैंकको सञ्चालन मुनाफा र खुद ब्याज आम्दानी गत वर्षभन्दा बढी भएको छ । गत वर्ष ९४ करोड ४४ लाख ९७ हजार रुपैयाँ सञ्चालन नाफा गरेको बैंकले यस वर्ष सोहि अवधिमा १ अर्ब ४४ करोड ७६ लाख ५१ हजार रुपैयाँ सञ्चालन नाफा गरेको हो । गत वर्षभन्दा यस वर्ष बैंकको सञ्चालन नाफा ५३ दशमलव २७ प्रतिशतले बढेको हो ।

 

त्यस्तै गत वर्ष १ अर्ब ६ करोड ५ लाख ५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यस वर्ष १ खर्ब ५५ करोड ८ लाख ३६ हजार रुपैयाँ यो आम्दानी गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद ब्याज आम्दानी ४६ दशमलव २४ प्रतिशत बढी भएको हो । पहिलो त्रैमाससम्ममा बैंकको वितरणयोग्य नाफा ३३ करोड ८४ लाख ४६ हजार रुपैयाँ रहेको छ ।

 

हाल यस बैंकको चुक्तापूँजी १३ अर्ब ९८ करोड ५२ लाख ४९ हजार रुपैयाँ छ । बैंकको जगेडा कोष रकम गत वर्षभन्दा १४ प्रतिशत बढी कायम भएको छ । गत वर्ष पहिलो त्रैमाससम्म ४ अर्ब ७९ करोड ५६ लाख ९३ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोष रकम यस वर्ष सोहि अवधिसम्म  ५ अर्ब ४६ करोड ६५ लाख ४४ हजार रुपैयाँ कायम भएको छ ।

 

यस वर्ष बैंकले गत वर्षभन्दा ४ दशमलव २४ प्रतिशत बढी १ खर्ब २४ अर्ब ५० करोड ८४ लाख ४८ हजार रुपैयाँ निक्षेप संकलन गरी गत वर्षभन्दा २ दशमलव ७१ प्रतिशत बढी  १ खर्ब १३ अर्ब ४४ करोड ७२ लाख ९६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष १ दशमलव १४ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा यस वर्ष १ दशमलव ३७ प्रतिशत पुगेको छ । बैंकको निष्क्रिय कर्जा गत वर्षभन्दा यस वर्ष निष्क्रिय कर्जा भने बढेको छ । बैंकको प्रतिशेयर आम्दानी २९ दशमलव ११ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १५४ दशमलव २६ रुपैयाँ रहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...