YouTube Link

नेपाल राष्ट्र बैंकले मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली सार्वजनिक

Facebook Link

काठमाडौं:  नेपाल राष्ट्र बैंकले मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ ल्याएको छ ।राष्ट्र बैंकले तोकेको नियम उल्लघंन गरेमा ५ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले आफूले गरेको निर्देशन पालना नगर्ने मनिचेञ्जर व्यवसायीको नगद धरौटी जफतदेखि व्यवसायीक प्रमाणपत्र निलम्बन तथा रद्द गर्नुका साथै सञ्चालक, पदाधिकारी तथा कर्मचारीलाई २० हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म नगद जरिवाना गर्न सक्ने व्यवस्था विनियमावलीमा गरेको छ ।

मनिचेञ्जर कम्पनीहरूले राष्ट्र बैंकबाट भारतीय रुपैयाँ खरिद बिक्री गर्न इजाजतपत्र लिएका मनिचेञ्जरले परिवत्र्य विदेशी मुद्रा खरिदको कारोबार गर्न पाइने छैन। परिवत्र्य विदेशी मुद्रा कारोबार गर्न इजाजतपत्र प्राप्त मनिचेञ्जरले भारतीय रुपैयाँको खरिद बिक्रीको कारोबार गर्न पाउने छैन । राष्ट्र बैंकको स्वीकृतिमा कार्यालय प्रयोजनको लागि बाहेक भवन निर्माण गर्न, अचल सम्पत्ति खरिद गर्न वा अन्य कम्पनीमा लगानी गर्न नपाउने व्यवस्था राष्ट्र बैंकले विनियमावलीमार्फत गरेको छ ।

विदेशी परिवत्र्य मुद्राको कारोबार गर्न चाहने मनिचेञ्जरले १५ लाख रुपैयाँको चुक्ता पुँजी र भारतीय रुपैयाँमात्रै कारोबार गर्न चाहने मनिचेञ्जरले १० लाख रुपैयाँ पुँजीको व्यवस्था गरेपछि मात्रै इजाजपत्र पाउने विनियमावलीमा उल्लेख गरिएको छ ।

मनिचेञ्जर कम्पनीहरूले भारतीय रुपैयाँको मात्र कारोबार गर्न चाहने मनिचेञ्जरले ५० हजार रुपैयाँ धरौटी र परिवत्र्य विदेशी मुद्राको खरिदका लागि कारेबार लागि ७५ हजार धरौटी स्वरुप राष्ट्र बैंकमा राख्नु पर्नेछ । कुनै मनिचेञ्जर रद्द भएर पुनः फिर्ता माग भएमा राष्ट्र बैंकले प्रकाशित गरेको सूचना वापत रकम कट्टा गरी वाँकी रकम फिर्ता गरिने विनियमावलीमा उल्लेख गरिएको छ ।

राष्ट्र बैंकबाट मनिचेञ्जरको कारोबार गर्न इजाजतपत्र लिनको लागि एक लाख २५ हजारसम्म शुल्क लाग्ने छ । भारतीय रुपैयाँ खरिद बिक्री गर्नको लागि २५ हजार रुपैयाँ र परिवत्र्य विदेशी मुद्रा खरिद बिक्री गर्नको लागि एक लाख रुपैयाँ राष्ट्र बैंकलाई शुल्क तिर्नुपर्नेछ ।

ऋण लिएर बदमासी नगरेको, नैतिक पतन देखिने फौजदारी कसूरमा अदालतबाट सजाय नपाएको, कुनै सरकारी, सार्वजनिक वा बैंक तथा वित्तीय संस्थाको सेवामा नरहेको, बैंक तथा वित्तीय संस्थाबाट कुनै कारवाहीमा नपरेको १८ वर्ष पुरा भएको नेपाली नागरिकले यो व्यवसाय सञ्चालन गर्न सक्नेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...