सनराइज बैंकको एकैदिन तीन नयाँ शाखा सञ्चालन
वि.सं.२०७७ कात्तिक १७ सोमवार १७:५२
2.1K
shares
काठमाडौं: सनराइज बैंकले एकैदिन तीन नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बाग्मती प्रदेशको सूर्यविनायक, गण्डकी प्रदेशको अमरसिंह र लुम्बिनी प्रदेशको योगीकुटीमा कार्तिक १७ गते शाखा देखि सञ्चालनमा ल्याएको छ ।
नयाँ शाखा विस्तारसँगै बैंकको १३९ वटा शाखा, ५१ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटीएम मार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु सञ्चालन गर्ने योजना रहेको जनाएको छ ।
वि.सं.२०७७ कात्तिक १७ सोमवार १७:५२




















