प्रभु बैंकले नयाँ एक्स्टेन्सन काउण्टर सञ्चालनमा
वि.सं.२०७७ कात्तिक १७ सोमवार १७:४२
1.5K
shares
काठमाडौं: प्रभु बैंकले नयाँ एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले पोखराको बाटुलेचौरस्थित मितेरी हस्पिटलमा नयाँ एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।
काउण्टरको उद्घाटन गण्डकी प्रदेशका प्रदेश सभासद माननिय कृष्ण बहादुर थापाले सोमबार गरेका हुने । उक्त काउण्टरबाट विहान ८:०० बजेदेखि साँझ ७:०० बजेसम्म उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा हस्पिटलमा आउने सेवाग्राहीहरुलाई बैंकिङ् सेवा उपलब्ध हुने बैंकले जनाएको छ ।
बैंकले २१० वटा शाखा कार्यालय, १९५ वटा एटीएम, ५६ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ् मार्फत सेवा दिदै आइरहेको छ ।
वि.सं.२०७७ कात्तिक १७ सोमवार १७:४२




















