मुक्तिनाथ विकास बैंकका ग्राहकहरूलाई विशेष छुट
वि.सं.२०७७ कात्तिक १७ सोमवार १५:२३
1.4K
shares
काठमाडौं: मुक्तिनाथ विकास बैंकले भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकहरूलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्दै विभिन्न व्यावसायिक संस्थासँग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
बैकले त्रिपुरेश्वरको ब्लू क्रस अस्पताल, धुलिखेल माउण्टेन रिसोर्ट, स्तुपा रिसोर्ट, जम्बाला रिसोर्ट, ल्याण्डमार्क होटल, ओडान ग्रुप अफ कम्पनी र देव कर्नर ज्वेलरी जस्ता व्यावसायिक संस्थाहरूसंग सम्झौता गरेको छ ।
मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले ब्लू क्रस अस्पतालमा १० प्रतिशत, धुलिखेल माउण्टेन रिसोर्टमा १० प्रतिशत, माउण्टेन रिसोर्टमा १० प्रतिशत, स्तुपा रिसोर्टमा १५ प्रतिशत, जम्बाला रिसोर्टमा १५ प्रतिशत, ल्याण्डमार्क होटलमा १५ प्रतिशत, ओडान ग्रुप अफ कम्पनीमा १५ प्रतिशत र देव कर्नर ज्वेलरीमा ३० प्रतिशतसम्म छुट पाउनेछन् ।
यसरी विभिन्न संस्थासँग हातेमालो गर्दै कोराना भाईरसको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ कारोबार बढाउने कार्यमा उल्लेखित सम्झौताहरूले थप प्रोत्साहन मिल्ने अपेक्षा बैंकको छ । बैंकको ग्राहकले भिसा नेटवर्कअन्तर्गत जुनसुकै बैंकको एटीएमबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था बैंकले गरेको छ ।
वि.सं.२०७७ कात्तिक १७ सोमवार १५:२३




















