Texas College
YouTube Link

नेपाल बैंकले कर्मचारीलाई बिनाधितो कर्जा प्रवाह गर्ने

Facebook Link

काठमाडौं:  नेपाल बैंक लिमिटेडको शुक्लाफाँटा नगरपालिका– १० झलारी बजारस्थित शाखा कार्यालयले विद्यालय र सङ्घसंस्थाका कर्मचारीलाई बिनाधितो कर्जा प्रवाह कार्यक्रम सञ्चालन गरेको छ ।

बैंकले विद्यालय र सङ्घसंस्थाका कर्मचारीलाई बिनाधितो पाँच लाखदेखि १५ लाखसम्म कर्जा प्रवाह गर्ने भएको छ । कार्यक्रमअनुसार कर्जा प्रवाह गर्दा मासिक वा त्रैमासिकरुपमा रकम भुक्तानी गर्ने व्यवस्था मिलाएको बैंकले जनाएको छ ।बैंकले स्थायी कर्मचारीको चार वर्षको तलब स्केलअनुसार न्यूनतम ब्याजदरमा कर्जा लगानी गर्नेछ । कर्जा माग्ने कर्मचारी तीन वर्षको स्थायी हुनुपर्ने र सेवानिवृत्त हुन पाँच वर्षको अवधि बाँकी भएमा कर्जा प्रवाह गरिने बैंकले जनाएको छ ।

बैंकले बिनाधितो कर्जाका लागि शुक्लाफाँटा नगरपालिका– ७ स्थित धर्मजनता माध्यमिक विद्यालयसँग सम्झौतागरेको छ । विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई कर्जा प्रवाहका लागि बैंकले सम्झौता गरेको हो ।  बैंकले हाल सुन कर्जा, पेन्सन बुझ्ने खाता, राजस्व बुझाउने सुविधा, सञ्चय कोष, नागरिक लगानी कोषमा रकम जम्मा गर्न सकिने सुविधा, डिमेट सुविधा, निःशुल्क मोबाइल बैंकिङ सुविधा, निःशुल्क एटिएम कार्डलगायतका सेवा ग्राहकलाई दिँदै आएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:२३

काठमाडौं: सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘मिट द च्याम्पियन्स’...