एनआईसी एशिया बैंकले दुर्घटना बीमा वापत १० लाख बीमा रकम भुक्तानी
वि.सं.२०७७ असोज २१ बुधवार २२:५१
1.5K
shares
काठमाडौं: एनआईसी एशिया बैंकको न्यू सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा दुर्घटना बीमा वापत १० लाख बीमा रकम भुक्तानी गरेको छ ।
बैंकको गोपीगन्ज शाखामा न्यू सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोल्नु भएका नवलपरासी (पश्चिम) जिल्लास्थित प्रतापपुरका राजकुमार शर्माको दुर्घटना पश्चात् मृत्युपछि उनकी श्रीमती सुनिता देवि शर्मालाई उक्त रकम भुक्तानी गरिएको बैंकले जनाएकाे छ ।
वि.सं.२०७७ असोज २१ बुधवार २२:५१




















