२५ दिन देखि अनसनरत डा. केसीसँग आज वार्ता गदै
वि.सं.२०७७ असोज २२ बिहीवार १२:२६
1.6K
shares
चिकित्सा शिक्षा सुधारको माग राख्दै २५ दिनदेखि अनसनरत डा गोविन्द केसीसँग सरकारले आज वार्ता गर्ने भएको छ ।
चिकित्सा शिक्षा सुधारको सुधारका लागि ६ बुँदे माग राख्दै २५ दिनदेखि अनसनरत डा गोविन्द केसीसँग सरकारले आज वार्ता गर्ने भएको छ ।
सरकारी बार्ता टोलीले डा. केसीका मागमा गम्भिर भएर बार्ता गर्ने र सकेसम्म अनसन तोडाउन पहल गरिने जनाएको छ ।
डा. केसीले भने आफ्ना सवै माग पुरा नभएसम्म अनसन नतोड्ने बताउदै आएका छन् ।
वार्तामा केसीका तर्फवाट सोलिडारिटी फर डा केसी अलायन्स का डाक्टर जीवन क्षेत्रको संयोजकत्वमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अध्यक्ष डा. अञ्जनी कुमार झा, नेपाल चिकित्संघ संघका अध्यक्ष डा. लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल सहभागी हुँदैछन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस लगायतका कार्यक्रमहरु संचालन गर्नुपर्ने माग राखेर केसी २५ दिनदेखि अनसनमा छन् ।
वि.सं.२०७७ असोज २२ बिहीवार १२:२६


















