YouTube Link

हिमालय एअरलाइन्स्ले अत्यावश्यक स्वास्थ्य सामाग्री सहयोग

Facebook Link

काठमाडौं: हिमालय एअरलाइन्स्ले कोरोना भाइरस सङ्क्रमणको फैलावट रोक्न निरन्तर सहयोग पुर्याउँदै आईरहेको छ । एअरलाइन्स्ले उपत्यकाका विभिन्न हस्पिटलहरुलाई अत्यावश्यक स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

एअरलाइन्स्ले गतसाता एक कार्यक्रमकाबिच आफ्नै कार्यालय परिसरमा शहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र, बाँसवारी, राष्ट्रिय ट्रमा सेन्टर, महाँकाल र मनमोहन मेमोरियल सामुदायिक हस्पिटल, फर्पिङ्गलाई विविध चिकित्सा सामाग्री सहयोग हस्तान्तरण गरेको छ ।

हिमालय एअरलाइन्स्को ब्राण्ड तथा सेवा सुधार विभागकी प्रमुख श्रीमती उज्ज्वला दलीले शहिद गङ्गालाल हृदयरोग केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रञ्जित बराललाई १०० थान पि.पि.इ. सेट र १०० थान आर.डि.टी. परीक्षण किट हस्तान्तरण गर्नुभएको थियो । त्यसैगरी राष्ट्रिय ट्रमा सेन्टरका हाड–जोर्नी विशेषज्ञ डा. ज्ञानेन्द्र शाहलाई १०० थानपि.पि.इ. सेट र १०० थानआर.डि.टी. परीक्षण किट हस्तान्तरण गर्नुभएको छ ।

 

 

 

दलीले मनमोहन मेमोरियल सामुदायिक हस्पिटल फर्पिङ्गका अध्यक्ष पूर्णबहादुर शाहीलाई १०० थानपि.पि.ई. सेट, १०० थानआर.डि.टी. परीक्षण किट, २०० थान सर्जिकल मास्क, २०० थान सर्जिकल ग्लोभ्स, ५० थानएन–९५ मास्क, ५० थान फेस शिल्ड्स, ५०० थानशु कभर र ५ बोत्तल (प्रत्येक ५००मि.लि.का) स्यानिटाइजर जस्ता स्वास्थ्य सुरक्षाका सामाग्रीहरु हस्तान्तरण गर्नुभएको छ ।

 

यी चिकित्सा सामाग्रीहरुले हस्पिटलहरुका अग्रभागमा रही विरामी सेवामा लागिपर्ने स्वास्थ्य कार्यकर्तालाई ठूलो सहयोग पुग्ने आशागर्दै आउँदा दिनहरुमा समाजको हितकालागि एकतावद्ध रुपमा लागिपर्ने साथै समाज र राष्ट्रको लागि सहयोग पुर्याउन हिमालय सदैव तत्पर रहने दलीले बताउनु भयो ।

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...