YouTube Link

नारायणी डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा असोज १६ गते

Facebook Link

काठमाण्डौं: नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर हकप्रद जारी गर्ने मुख्य अजेन्डासहित आफ्नो १८ औँ वार्षिक साधारणसभाको मिति तय गरेको छ।

बैंकको भाद्र २५ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार असोज १६ गते वार्षिक साधारणसभाको मिति तय गरेको हो । उक्त सभा स्टार व्याङ्क्वेट रत्ननगर, चितवनमा दिउँसो १ बजेबाट सुरू गर्ने जनाएको छ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, बैंकको आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिने एजेण्डा छ ।

सभाले चुक्तापुँजी ६ करोड ५६ लाख १६ हजार ९०० रुपैयाँको १:१ अनुपात अर्थात १ बराबर थप १ हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ। हकप्रद सेयर जारीपछि बैंकको चुक्तापुँजी १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ पुग्नेछ।

नेपाल राष्ट्र बैंकको निर्देशअनुसार ख वर्गको जिल्लास्तरीय विकास बैंकलाई न्यूनतम चुक्ता पुँजी ५० करोड रुपैयाँ पुर्याउनुपर्ने भएकोले कम्पनीको अधिकृत, जारी र चुक्तापुँजी वृद्धि गर्ने र त्यसअनुसार हुने गरी प्रबन्धपत्र तथा नियामवलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

सभा अर्को महत्वपूर्ण प्रस्तावका रुपमा मर्जर प्रक्रियाले पाउनेछ। सभा अन्य बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्ने प्रक्रिया थाल्न आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव अनुमोदन हुनेछ।

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...