सानिमा बैंकले वडादशैँको उपलक्ष्यमा निःशुल्क क्रेडिट कार्ड जारी गर्ने
वि.सं.२०७७ असोज १२ सोमवार १२:४१
2K
shares
काठमाडौं: नेपालीहरुको महान चाड वडादशैँको उपलक्ष्यमा सानिमा बैंकले “यो पालिको दशैंमा, क्रेडिट कार्डको बहार सानिमा बैंकमा” नारासहित निःशुल्क क्रेडिट कार्ड जारी गर्ने भएको छ ।
यो योजना १२ आश्विन देखि आश्विन मसान्त २०७७ सम्म आवेदन दिने सम्पूर्ण ग्राहकहरुमा लागू हुनेछ । साथै, सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी (इएमआई) भुक्तानीको व्यवस्था गर्न सकिनेछ । यसैगरी पहिलो ५० जना ग्राहकहरुले अनलाईन सपिङ्ग पोर्टल दराजमा ३ हजार बराबरको सामान खरिद गर्दा ५ सय रुपैयाँको निःशुल्क भौचर समेत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
सानिमा बैंकको सातै प्रदेशमा हाल ८२ वटा शाखा, १५ विस्तारित काउन्टर र ८१ वटा एटिएम संचालनमा रहेका छन् । सानिमा बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ् आउटलेट , होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको बैंकले जनाएको छ ।
वि.सं.२०७७ असोज १२ सोमवार १२:४१




















