नेपाल राष्ट्र बैंकले २० अर्ब बराबरको विकास ऋणपत्र निष्काशन गर्ने
वि.सं.२०७७ असोज ९ शुक्रवार १५:५३
2.1K
shares
काठमाडौं: नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्काशन गर्ने भएको छ ।
राष्ट्र बैंकले सरकारलाई आवश्यक रकम जुटाउनका लागि असोज ११ गते आइतबार २० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको हो । बैंकले आइतबार निष्काशन गर्ने विकास ऋणपत्र २०८६ ’घ’ को अवधि ९ वर्ष रहेको छ ।
उक्त ऋणपत्र बोलकबोल प्रक्रियाबाट बिक्री हुने र खरिदको लागि बैंक तथा वित्तीय संस्था,गैर बैंक बित्तीय संस्था,बीमा कम्पनी,संगठित संस्था तथा नेपाली नागरिकले नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्नेछ ।
इच्छुक खरीदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्ने छन् । ऋणपत्र मध्य प्रतिस्पर्धी खरीदकर्तालाई निष्काशित रकमको ८५ प्रतिशत अर्थात १७ अर्ब रुपैयाँ छुट्याइएको र अप्रतिस्पर्धीका लागि १५ प्रतिशत अर्थात ३ अर्ब छुट्याइएको बैंकले जनाएको छ ।
वि.सं.२०७७ असोज ९ शुक्रवार १५:५३




















