महालक्ष्मी विकास बैंकको नँया शाखा सञ्चालनमा
वि.सं.२०७७ असोज ९ शुक्रवार १५:३९
1.3K
shares
काठमाडौं: महालक्ष्मी विकास बैंक लिमिटेडले देशभर बैकिङ् सेवाको पहुँच पुर्याउने उद्देश्य बमोजिम गोलबजारमा नँया शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा शुक्रबार सिराहाको गोलबजार नगरपालिका वडा नम्बर ४ गोलबजारमा नँया शाखा कार्यालय विस्तार गरी बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या १०३ पुगेको छ ।
महालक्ष्मी विकास बैंकले ग्राहकको विश्वसनीयतामा अभिवृद्धि गरि सम्पूर्ण क्षेत्र र वर्गसम्म बैकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले शाखा बिस्तार गरि १०३ वटा शाखाबाट करिब ५ लाख भन्दा बढी ग्राहकहरु माझ बैकिङ सेवा उपलब्ध गराउदै आइरहेको बैंकले जनाएको छ ।
वि.सं.२०७७ असोज ९ शुक्रवार १५:३९




















