ग्लोबल आइएमई बैंकद्वारा ऋणपत्र विक्री गर्न अनुमति माग
वि.सं.२०७७ असोज ७ बुधवार ००:०४
1.6K
shares
काठमाडौं: ग्लोबल आइएमई बैंकले नेपाल धितोपत्र बोर्डसँग रू. ३० करोड बराबरको ऋणपत्र विक्री गर्न अनुमति मागेको छ ।
बैंकले भदौ २९ गते वार्षिक ८ दशमव ५ प्रतिशत व्याजदरको १० वर्षे अवधिको प्रतिकित्ता रू. १ हजार दरको ३० लाख कित्ता ऋणपत्र विक्रीको लागि बोर्डमा निवेदन दिएको हो ।
कुल कित्तामध्य १२ लाख कित्ता सार्वजनिक निष्कासन मार्फत सर्वसाधारणलाई विक्री गर्ने र १८ लाख कित्ता बैंकले व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्ने जनाएकाे छ ।
उक्त ऋणपत्र विक्री प्रबन्धक सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।
वि.सं.२०७७ असोज ७ बुधवार ००:०४


















