राष्ट्रिय वाणिज्य बैंककाे २४१ औं शाखा सञ्चालन
वि.सं.२०७७ असोज ४ आइतवार २२:४०
काठमाडौं: राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सुर्खेत जिल्लाको बिरेन्द्रनगर नगरपालिका वडा नं ६ स्थित शाखा कार्यालय बिरेन्द्रनगर सञ्चालनमा ल्याएको छ ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय प्रकाश ज्वालाले बैंकको २४१ औं शाखा कार्यालयको आईतबार समुदघाट्न गर्नुभयाे ।
मन्त्री ज्वालाले राष्ट्रिय वाणिज्य बैंक पूर्ण सरकारी बैंक भएकाले सरकारलाई सहयोग गर्नुपर्ने र बैंक नाफामुखीभन्दा पनि थप सेवामुखी हुनुपर्ने बताउनु भयाे ।
उनले महामारीको समयमा पनि बैंकले शाखा स्थापना गरी कर्णालीबासीलाई थप बैंकिङ्ग सेवा उपलब्ध गराएकोमा बैंक परिवारलाई धन्यवाद व्यक्त गर्नुभएकाे छ ।
वि.सं.२०७७ असोज ४ आइतवार २२:४०