मेगा बैंकले हकप्रदमा अवितरित शेयर लिलाम गर्ने
वि.सं.२०७७ असोज ४ आइतवार २२:१९
1.4K
shares
काठमाडाैं: मेगा बैंकले हकप्रदमा अवितरित १८ लाख ४० हजार ७ सय ३९ दशमलव ६३ कित्ता शेयर लिलाम गर्ने भएकाे छ ।
२०७४ भदौ २७ देखि कार्तिक १४ गतेसम्म हकप्रद निष्काशन गर्दा बिक्रि नभएको ति शेयर लिलाम गर्न लागेको बैंकले जनाएकाे छ ।
बैंकले लिलाम गर्न लागेको शेयर मध्ये ११ लाख ३३ हजार ३ सय ४४ दशमलव ७० कित्ता संस्थापक समुहको छ भने बाँकि ७ लाख ७ हजार ३ सय ९४ दशमलव ९३ कित्ता साधारण शेयर छ ।
बैंकले यी शेयर आगामी असोज ११ देखि असोज १८ गतेसम्म लिलाम गर्न लागेको हो । आवेदन दिँदा न्युनतम १ सय कित्ता र अधिकतम १ लाख कित्ताको लागि दिन सकिने छ ।
शेयरको न्युनतम मूल्य प्रति कित्ता १ सय तोकिएकोले सो भन्दा बढी रकम कबुल गरि आवेदन दिनु पर्ने छ । शेयर लिलाम प्रक्रियाको लागि मेगा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
वि.सं.२०७७ असोज ४ आइतवार २२:१९



















