कृषि विकास बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक
वि.सं.२०७७ असोज २ शुक्रवार १४:५०
1.4K
shares
काठमाडौं: कृषि विकास बैंकले असोज १ गते बिहीबारदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
बैंकले साधारण निक्षेपमा न्युनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशत ब्याजदर कायम गरेको छ भने व्यक्तिगत मुद्दती निक्षेपमा न्यूनतम ६ दशमलव २५ देखि अधिकतम ७ दशमलव २५ प्रतिशत मात्र ब्याज दिने जनाएको छ ।
बैंकले संस्थागत मुद्दतीमा ६ दशमलव २५ प्रतिशत देखि ६ दशमलव ५० प्रतिशतसम्म मात्र ब्याज दिने र नवीकरण हुने संस्थागत निक्षेपमा भने थप ० दशमलव १० प्रतिशत ब्याज दिने जनाएको छ ।

वि.सं.२०७७ असोज २ शुक्रवार १४:५०



















