YouTube Link

नेपाल बैंकलेद्वारा असोज १९ गते विशेष साधारणसभा आह्वान

Facebook Link

काठमाडौं: नेपाल बैंकले लिमिटेडले असोज १९ गते केन्द्रीय कार्यालयमा विशेष साधारणसभा आह्वान गरेको छ । भदौ २५ गते बसेको संचालक समितिको बैठकले बिशेष साधारणसभा बोलाउने निर्णय गरेको हो ।

 

कोरोना महामारीका कारण सिर्जित प्रतिकूल परिस्थितिबीच विशेष साधारणसभा बैंकको प्रधान कार्यालयबाट भिडियो कन्फ्रेन्स (भर्चुअल जुम मिटिङ) मार्फत डोकेको हो। सभामा सहभागी हुन चाहने शेयरधनीहरुलाई जुम आईडी र पासवर्ड उपलब्ध गराउने बैंकले जनाएको छ ।

 

सभामा बैंक सञ्चालक समितिमा सञ्चालकको प्रतिनिधित्व सम्बनधी साविकको व्यवस्थापमा परिवर्तन गरी नेपाल सरकारबाट मनोनीत हुने ४ जना संचालकबाट घटाएर ३ जना कायम गराउने र साधारण सेयरधनीको तर्फबाट निर्वाचित हुने २ जना संचालकबाट बढाइ ३ जना कायम गर्नका लागि प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने बिशेष प्रस्ताव राखेको छ ।

 

यसका साथै बैंक तथा वित्तीय संस्थासम्बनधी ऐन, २०७३ बमोजिम हुने गरी बैंकको बन्धपत्र तथा नियमावलीलाई समायानुकूल अद्यावधिक गर्नुपर्ने भएकोले संलग्न तीन महले प्रस्ताव बमोजिम हुने गरी प्रबन्धपत्र तथा नियमावलीका अन्य व्यवस्थामा संशोधन तथा थपघट गर्ने विशेष प्रस्ताव पनि छलफलमा राखिनेछ।

 

यसैगरी सभामा विशेष प्रस्तावका रुपमा बैंकको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियार प्रदान गर्ने राखिनेछ।

 

विशेष साधारण सभा प्रयोजनार्थ बैंकले असोज ८ गते बुकक्लोज गर्ने भएको छ। जसका कारण असोज ७ गतेसम्म नेप्सेमा कारोबार भई शेयरधनी कायम भएका शेयरधनीले मात्र उक्त सभामा सहभागी हुन पाउने बैंकले जनाएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...