YouTube Link

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ५२ औं वार्षिक साधारणसभा सम्पन्न, लक्ष्मीदास मानन्धर अध्यक्षमा चयन

Facebook Link

काठमाडौं: साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ५२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभाले आ.व.२०७४/०७५ मा भएको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ । उक्त वर्ष कर्पोरेशनले कुल मुनाफा रु. १ अर्व १० करोड ८१ लाख आर्जन गर्न सफल भएको थियो ।

कर्पोरेशनको सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आ.व. २०७४/०७५ मा ९ अर्व ६९ करोडको कारोवार गर्न सफल भएको बताए । अघिल्लो वर्ष ८ अर्व ५८ करोडको कारोवार भएको थियो । कर्पोरेशनले यस वर्षको सुरुको ७ महिनाको कारोवार तर्फ माघ मसान्तसम्म ४ अर्व ७९ करोड व्यावसायिक कारोवार गरेको उनले जानकारी दिए ।

अध्यक्ष मानन्धरले कर्पोरेशनले नेपाल सरकारको निर्देशन पालना गरी सामाजिक उत्तरदायित्व बहन गर्नु परेकाले कुनै वस्तुमा लागत मूल्य भन्दा कम मूल्यमा सामान बिक्री गर्नु परेकोले अपेक्षित रुपमा मुनाफा आर्जन गर्न नसकेको बताए । नेपाल सरकारले अनुदानमा बिक्री वितरण गर्ने रासायनिक मल चालु आ.व. २०७५/०७६ को कुल रकमको कर्पोरेशनलाई प्राप्त हुने ३० प्रतिशत रकमबाट युरिया २० हजार मेट्रिक टन, डिएपी २० हजार मेट्रिक टन र पोटास दुई हजार पाँच सय मेट्रिक टन आयात भईसकेको र बाँकी परिमाण यसै आ.व. को अन्त्यसम्ममा आयात भईसक्ने अध्यक्षले जानकारी गराए ।

कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले चिनी आयातमा भएको व्यवधान वारे जानकारी गराउँदै देशको विद्यमान आर्थिक अस्थिरता, बढ्दो प्रतिस्पर्धी बजार समेत यथावत नै रहेको यस्तो कठिन परिस्थितिमा पनि कर्पोरेशनले विश्वसनीय र गुणस्तरीय सेवा पुरयाउदै आफ्नो कारोवारमा सकारात्मक सुधार सहित अगाडि बढेको बताईन । व्यावसायिक मर्यादा कायम राख्दै र सामाजिक उत्तरदायित्वको मर्मलाई सम्मान गर्दै कर्पोरेशनले देशका आम नागरिक एवं उपभोक्ताहरुलाई उच्च गुणस्तरको वस्तुहरु उचित मूल्यमा वर्षभरी उपलब्ध गराउने तर्फ प्रतिवद्ध रही कार्य गरिरहेको श्रेष्ठले जानकारी दिईन ।

कर्पोरेशनले भूकम्प प्रतिरोधात्मक प्रविधिको घर निर्माण गर्ने उद्देश्य अनुसार कर्पोरेशनको समेत लगानीमा फ्यूचर वर्कस् विल्डिङ्ग सोलुसन प्रा.लि. कम्पनी स्थापना गरी निर्माण सामग्रीको उत्पादन सुरु गरेको छ भने कर्पोरेशनको सहायक कम्पनी उपहार हाउजिङ्ग कम्पनी लिमिटेडले उक्त प्रविधिको घरहरु निर्माण गरी बिक्री गर्ने उद्देश्य अनुरुप चन्द्रागिरी नगरपालिका स्थित आफ्नै जग्गामा सो कार्यको थालनी गरेको छ ।

त्यसैगरि कर्पोरेशनको ५२ औं वार्षिक साधारणसभा माझ सम्पन्न निर्वाचनबाट संचालक समितिको चयन समेत गरेको छ । उक्त निर्वाचनबाट लक्ष्मीदास मानन्धर, प्रदिप लाल श्रेष्ठ, कल्याण गोविन्द श्रेष्ठ, किर्ती कुमार जोशी, अतुल मल्ल,अन्जन श्रेष्ठ र राजेन्द्रमान श्रेष्ठ संचालक समितिको सदस्यमा निर्वाचित भएका छन् । नवनिर्वाचित संचालक समितिले लक्ष्मीदास मानन्धरलाई अध्यक्षमा चयन गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...