YouTube Link

नेपाल बैंक लिमिटेड र चाँगुनारायण नगरपालिका बिच सम्झौता

Facebook Link

काठमाडौं: नेपाल बैंक लिमिटेड र भक्तपुर चाँगुनारायण नगरपालिका बिच उक्त नगरपालिकाद्वारा संचालन गर्न लागिएका बिभिन्न कार्यक्रम तथा अभियानमा सहकार्य गर्ने सम्झौता भएको छ ।

 

नगरपालिकाले संचालन गर्नलागेको “वचतखाता छोरीको, सुरक्षाजीवन भरीको”कार्यक्रम अन्र्तगत नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा अध्ययनरत छोरीहरुको नाममा नेपाल बैंकमा खाता खोल्ने र उक्त खातामा नगरपालिकाद्वारा प्रत्येक बर्ष रु. चार हजार जम्मा गर्दै जाने ब्यबस्था मिलाईने छ ।

 

उक्त संझौता पत्रमा नेपाल वैंक लिमिटेडको तर्फवाट प्रमुखकार्यकारी अधिकृत श्री कृष्णबहादुर अधिकारी तथा चाँगुनारायण नगरपालिकाको तर्फबाट नगर प्रमुख श्री सोमप्रसाद मिश्र वाट हस्ताक्षर गर्नुभएको छ ।

 

सम्झौता वमोजिम शुन्य मौज्दातमा खोलिएका त्यस्ता  खातामा बैंकले बचत खाताहरुमा प्रदान गर्ने उच्चतम ब्याजदर प्रदान गर्ने, बैंकमा खोलिएको खातामा रकम जम्मा गर्ने-झिक्ने लगायतका अन्तर वैंक सेवामा कुनै पनि शुल्क नलाग्ने लगायतका अन्य सुविधाहरु प्रदान गर्नेछ ।

 

साथै नगरपालिकाको सिफारिसमा खोलिएका खाताहरुमा रु. ३ लाख सम्मको निक्षेप बीमा समेत गरिनेछ । यस प्रकारका खातामा बालिका आफैले वा उनिहरुका अभिभावकहरुले समेत रकम जम्मा गरिदिन सक्नेछन् ।

 

यस प्रकारको कार्यक्रमबाट छात्राहरुको शिक्षामा पहुँच अभिवृद्धि गर्न, बिचैमा बिद्यालय छोड्नेलाई निरुत्साहित गर्न, गुणस्तरीय शिक्षा प्रदानगर्न, वाल विवाह निरुत्साहन गर्न, छोरीहरुको आर्थिक र सामाजिक सुरक्षागरी सुरक्षित भविष्य निर्माणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ । उक्त रकम छात्राहरुले १२ कक्षा उत्तिर्ण गरे पश्चात मात्र झिक्न पाउने बैंकले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...