YouTube Link

नेपाल बैंक लिमिटेड र चाँगुनारायण नगरपालिका बिच सहकार्य

Facebook Link

काठमाडौं: नेपाल बैंक लिमिटेड र चाँगुनारायण  नगरपालिका बिच“मेयर उद्यमशिलता बिकास कार्यक्रम”अन्तर्गत ऋण प्रवाह तथा ब्याज अनुदान सम्बन्धमा सम्झौता भएको छ ।

 

उक्त संझौतामा पत्रमा नेपाल वैंक लिमिटेडको तर्फवाट प्रमुखकार्यकारी अधिकृत श्री कृष्णबहादुर अधिकारी तथा चाँगुनारायण नगरपालिकाको तर्फबाट नगर प्रमुखश्री सोमप्रसाद मिश्रले हस्ताक्षर गर्नु भएको छ ।

 

बैंकद्वारा उद्यमशिल बन्न चाहने नगरबासी एवं नेपाल राष्ट्र बैकको सहुलियत पूर्ण कर्जाका लागि एकिकृत ब्याज अनुदान कार्यविधि २०७५ अन्तर्गत योग्यता पुगेका उद्यमीहरुलाई ऋण प्रवाह तथा ब्याज अनुदान दिई स्वरोजगारीको अवसर तथा उद्यम प्रवर्धन गर्न, विदेशबाट फर्केका युवाहरुको विदेशमा आर्जन गरेको शीप र ब्यवसायिक दक्षता उपयोग गर्दै उनीहरुलाई स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्न, दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकिकरण गरी ब्यवसायिकता अभिबृद्धि गर्न, जनजाति, सिमान्तकृत, अपांगता तथा विपन्न बर्गलाई विशेष प्राथमिकता दिई आय आर्जनकालागि सहुलियत प्रदान गरी उद्यमशिलता विकास तथा वित्तीय पहुँच बढाउने उद्देश्यले चाँगुनारायण  नगरपालिका र नेपाल बैँक लिमिटेड बीच उक्त सम्झौता भएको हो ।

 

उक्त कार्यक्रममा चाँगुनारायाण नगरपालिकाका उपप्रमुख श्री बिना बास्तोला, प्रमुख प्रशासकीय अधिकृतश्री अग्नी प्रसाद अधिकारी, नेपाल बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रवक्ता श्री प्रकाशकुमार अधिकारी, बागमती प्रादेशिक कार्यालयका प्रमुख श्री सुन्दर पन्थी, भक्तपुर शाखाकाप्रमुख श्री बिष्णु मान भैल लगायतको उपस्थिति रहेको थियो ।

 

नेपालकै फ्ल्यागशिप बैंकको रुपमा रहेको यस बैंकले१८९ वटा शाखाहरु, १२५ बटा एटिएम तथा २९ वटा एक्स्टेन्सन काउण्टर मार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ र चालु आर्थिक बर्ष भित्रै शाखा सञ्जाल बढाउँदै कुल शाखा संख्या २१४ पुर्याउने लक्ष्यका साथ कार्यहरु अगाडी बढाईरहेको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...