Rajshow Bivag

नेकपाको विवाद मिल्यो, पहिलो महाधिवेशन चैतमा, एमसीसी अनुमोदन गर्ने निर्णय

Departmant of helth services

काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को निकै लामो समयपछिको सकसपछि विवाद मिलेको छ ।

स्थायी कमिटी बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेस गरेको प्रतिवेदन पारित गरेसँगै विधिवत् रुपमा मिलेको हो ।

बिहीबार सम्पन्न बैठकले अध्यक्षद्वयले पेस गरेको १५ बुँदे प्रस्ताव सर्वसम्मत पारित प्रतिवेदनमा पार्टीभित्रको विवाद समाधान गर्न भन्दै दुई अध्यक्षको भूमिका परिभाषित गरिएको छ ।

अध्यक्ष ओलीले पाँच वर्ष प्रधानमन्त्रीका रुपमा सरकारको नेतृत्व गर्दै त्यसैमा केन्द्रित हुने र अर्का अध्यक्ष प्रचण्डले कार्यकारी अध्यक्षका रुपमा पार्टी प्रति केन्द्रित हुने नेकपाले निर्णय गरेको छ । अब प्रचण्ड नेकपाको कार्यकारी अध्यक्ष बनेका छन् ।

यस्तै प्रधानमन्त्री ओली नेपालको लोकतान्त्रिक इतिहासमा आफ्नो ५ वर्षे कार्यकाल पूरा गर्ने पहिलो प्रधानमन्त्री हुने देखिएको छ । करिब दुई तिहाई बहुमत भएको नेकपामा ओली र दाहालबीच विवाद हुँदा प्रधानमन्त्री ओली दबाबमा परेका थिए । अब उनीहरुबीच सहमति भएसँगै पारित भएको प्रतिवेदनले दुई अध्यक्षको भूमिका निश्चित गरेको छ ।

बैठकले नेकपाको पहिलो महाधिवेशन आगामी चैत २५ देखि ३० सम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । त्यसको कार्ययोजना बनाउन आगामी कार्तिक १५ गते केन्द्रीय कमिटी बैठक बस्ने र मंसिरमा संगठित सदस्यता वितरण तथा नविकरण गर्ने निर्णय गरिएको छ ।

यसैबीच सत्तारुढ दल नेकपाभित्रको विवादका कारण अलपत्र परेको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र नेपाल सरकारबीच भएको सम्झौता अब अनुमोदन हुने देखिएको छ ।

सत्तारुढ दल नेकपाकै कारण संसदमा अलपत्र सो सम्झौता अनुमोदन गर्ने नेकपाको स्थायी कमिटीले निर्णय गरेको छ । बिहीबार सम्पन्न बैठकले आवश्यक परिमार्जन गरी देशको हितमा एमसीसी सम्झौता पारित गर्ने निर्णय गरेको छ ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले संयुक्त रुपमा बैठकमा पेस गरेको प्रतिवेदनमा परिमार्जन गरी एमसीसी अनुमोदन गर्ने प्रस्ताव गरिएको थियो । सो प्रस्ताव स्थायी कमिटीले सर्वसम्मत रुपमा पारित गरेको हो ।

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

वि.सं.२०८१ जेठ ५ शनिवार ११:१५

  काठमाडौं: लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६...

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

वि.सं.२०८१ जेठ ५ शनिवार १०:४३

  काठमाडौं: सरकारले चार एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ...

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ५ शनिवार ०७:०७

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:५१

  काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बैठक शुरु...

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...