व्यक्तिगत आवधिक कर्जाहरुको ब्याजदर भुक्तानी अवधिभर स्थिर
वि.सं.२०७७ भदौ २३ मंगलवार १७:२०
1.3K
shares
काठमाडौं: नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन-२०७६ संसोधन गर्दै एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाहरुको ब्याजदर भुक्तानी अवधिभर परिवर्तन गर्न नपाउने व्यवस्था गरेको छ ।
यो व्यवस्था भएसँगै अब व्यक्तिको नाममा प्रवाह हुने घर कर्जा, गाडी कर्जा र हायरपर्चेज कर्जा लगायतका मासिक वा कुनै पनि आवधिक किस्तामा एक वर्षभन्दा बढी भुक्तानी अवधिका कर्जाको ब्याजदर भुक्तानी अवधिभर स्थिर गर्नुपर्ने व्यवस्था भएको हो ।
यो निर्देशन जारी हुनुपूर्व मासिक/त्रैमासिक/आवधिक किस्तामा भुक्तानी हुने गरी ब्यक्तिको नाममा प्रवाह भएका घर कर्जा, गाडी कर्जा र हायरपर्चेज कर्जा लगायतका आवधिक कर्जाको हकमा ग्राहकको अनुरोधमा शर्तहरु परिवर्तन गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यो व्यवस्थाको अनुपालनाको लागि कर्जाका शर्त वा भुक्तानी तालिका वा किस्ता रकममा भएको परिवर्तनलाई पुनरतालिकिकरण वा पुनरसंरचना मानिने छैन ।
कर्जा अबधिभर परिवर्तन नहुने गरी नयाँ कर्जाका लागि तोकिने स्थिर ब्याजदर अर्धवार्षिक रुपमा मात्र निर्धारण तथा प्रकाशन गर्नुपर्नेछ ।
वि.सं.२०७७ भदौ २३ मंगलवार १७:२०




















