एनआईसी एशिया बैंकको क्युआर रिफर एण्ड अर्न योजना
वि.सं.२०७७ भदौ ११ बिहीवार ११:५५
1.5K
shares
काठमाडौं: एनआईसी एशिया बैंकले नयाँ क्युआर मर्चेन्ट रिफर गर्दा नगद पुरस्कार दिने ‘ क्युआर रिफर एण्ड अर्न’ योजना ल्याएको छ ।
यस योजना अन्तर्गत बैंकसँग रहेका क्युआर मर्चेन्ट एवं ग्राहकहरुले भाद्र र आश्विन महिनाको अवधीमा नयाँ क्युआर मर्चेन्ट रिफर गरी उक्त नयाँ क्युआर मर्चेन्टले बैंकमा चालु खाता खोलेर क्युआरमा आवद्ध भएमा रिफर गर्ने क्युआर मर्चेन्ट एवं ग्राहकहरुलाई बैंकले प्रति रिफर मर्चेन्ट ७५० खुद रकम प्रदान गर्नेछ ।
साथै उक्त २ महिनाको अवधिमा सबैभन्दा बढी नयाँ मर्चेन्ट रिफर गरी क्युआर मर्चेन्टहरू बैंकमा आवद्ध गराउने १० जनालाई थप ५० हजार रकम प्रदान गरिने व्यवस्था गरेको बैंकले जनाएको छ ।
नेपाल सरकारको डिजिटल नेपाल फ्रेमवर्क अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहक महानुभावहरूलाई आकर्षित गरी मुलुकलाई क्यासलेस इकोनोमी बनाउन सहयोग पुर्याउन यस योजनालाई अगाडी बढाएको बैंकले जनाएको छ ।
वि.सं.२०७७ भदौ ११ बिहीवार ११:५५




















