प्रभु क्यापिटल लिमिटेडको ३ वर्ष निःशुल्क डिम्याट खाता
वि.सं.२०७७ भदौ २ मंगलवार १५:१३
1.7K
shares
काठमाडौं: प्रभु क्यापिटल लिमिटेडले प्रभु क्यापिटलसँग जोडौं नाता, पाउँ ३ वर्षसम्म निःशुल्क डिम्याट खाता” भन्ने नाराका साथ सञ्चालन गरेको उक्त निशुल्क योजना ग्राहकहरुको मागलाई मध्यनजर गर्दै २०७७ साल भाद्र मसान्त सम्म थप गरेको छ ।
प्रभु क्यापिटल लिमिटेडले श्रावण महिनाभरी डिम्याट खाता खोल्ने ग्राहकहरुको लागि ३ वर्षे निःशुल्क डिम्याट खाता र मेरो शेयर योजना सञ्चालन गरेको थियो ।
नेपाल सरकार र नेपाल धितोपत्र बार्डबाट समेत विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न अनुरोध भए अनुसार यस क्यापिटलले https://dematapply.prabhucapital.com बाट अनलाईन खाता खोल्ने सुविधा सञ्चालन गरेको छ ।
साथैं यस योजनामा प्रभु क्यापिटल लिमिटेडको केन्द्रिय कार्यालय, कमलादी तथा प्रभु बैंक लिमिटेडको नेपाल भरी रहेका २ सय १० वटै शाखाबाट छिटो, छरितो रुपमा डिम्याट र मेरो शेयरको खाता खोल्न सकिने छ ।
वि.सं.२०७७ भदौ २ मंगलवार १५:१३




















