सेञ्चुरी कमर्सियल बैंकको नाफा ३३ प्रतिशतले बृद्धि
वि.सं.२०७७ साउन ३० शुक्रवार १८:१५
1.8K
shares
काठमाडौं: सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको मुनाफा ३३ प्रतिशतले बृद्धि भएको छ ।
अन्य ठूला कारोबार गर्ने बैंकहरुको मुनाफा घटिरहेको सन्दर्भमा सेन्चुरी बैंकको मुनाफा भने उल्लेख्य रुपमा बृद्धि भएको हो ।
बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ९० करोड ६३ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आवमा ६७ करोड ६४ लाख ८ हजार रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी खर्च घटेको, आम्दानी बढेका कारण बैंकको खुद नाफा पनि बढ्न पुगेको देखिएको छ ।
गत आवमा बैंकले २ अर्ब ८६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने १ अर्ब २२ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ ।
बैंकको खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २६ करोड ९९ लाख रुपैयाँ बढी हो ।
अन्य बैंकमा तरलता व्यवस्थापनमा समस्या परेको भएपनि सेन्चुरी बैंकको निक्षेप र तरलता अनुपात बढि भएको र बैंकमा जम्मा भएको सबै निक्षेप परिचालन भएकोले मुनाफा बृद्धि भएको हो ।
सेन्चुरी बैंकको प्रतिशेयर आम्दानी आठ रुपैयाँ ०४ पैसा रहेको छ ।
कूल चुक्ता पूँजी ८ अर्ब ४१ करोड रुपैयाँ बैंकको जगेडा कोषमा १ अर्ब ५३ करोड ५१ लाख रुपैयाँ रहेको छ भने रिटेन्ट अर्निङ्ग ६८ करोड २१ लाख रुपैयाँ र शेयर प्रिमियममा ३ करोड ४३ लाख रुपैयाँ रहेको छ ।
यस्तै बैंकको वितरण योग्य मुनाफा ४० करोड ९२ हजार रुपैयाँ रहेको छ ।
[akhabarnepal_adv limit=”5″ position=”Sidebar” page=”Inner Page” ad_position=”General Sidebar”]
बैंकको मूल्य आम्दानी अनुपात १५.३२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ७६ पैसा रहेको छ । निष्क्रिय कर्जा अनुपात १.४० प्रतिशतबाट बढेर २.२१ पुगेको छ ।
यस्तै असार मसान्तमा बैंकको बेस रेट ९.३८ प्रतिशत र स्प्रेड रेट ३.३८ प्रतिशत रहेको छ ।
वि.सं.२०७७ साउन ३० शुक्रवार १८:१५


















