YouTube Link

नेपाल क्रेडिट एण्ड कमर्श बैंक नाफामा

Facebook Link

 

काठमाडौं: नेपाल क्रेडिट एण्ड कमर्श बैंकको गत आर्थिक वर्षमा खुद नाफा बृद्धि गर्दै १ अर्ब १३ करोड ९ लाख ८४ हजार ८ सय ४४ रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा एक अर्ब १ करोड ३३ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा १० प्रतिशत बृद्धि गर्न सफल भएको छ ।

चार महिना लामो लकडाउनका कारण अधिकांश बैंक तथा वित्तीय संस्थाको मुनाफा घटेको अवस्थामा एनसीसी बैंकको नाफा भने बृद्धि भएको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ९६ करोड रुपैयाँबाट बढेर ३ अर्ब २१ करोड रुपैयाँ पुगेपनि सञ्चालन नाफा १ अर्ब ९६ करोड रुपैयाँबाट घटेर १ अर्ब ७४ करोड रुपैयाँमा झरेको छ ।

गत वर्षमा कूल निक्षेप संकलन ७३ अर्ब ७८ करोड रुपैयाँ गरेको बैंकले ६५ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरेर उक्त नाफा आर्जन गरेको हो ।

बैंकको खराव कर्जा भने शून्य दशमलव १ प्रतिशतले बृद्धि भएको छ । बैंकको खराब कर्जा अनुपात २.७८ प्रतिशतबाट बढेर २.७९ प्रतिशत पुगेको वित्तीय विवरणमा देखिएको छ ।

बैंकको आधार दर ९.०३ प्रतिशत छ । जसका कारण ब्याजदर केही महंगो पर्न गएको छ । त्यस्तै, स्प्रेड दर ३.८४ प्रतिशत रहेको छ ।

त्यस्तैगरी निक्षेप कर्जा अनुपात सिडी रेशियो ७४.८८ प्रतिशत छ । अन्य केही बैंकहरुको कर्जा न्यून भई ७० प्रतिशतभन्दा तल सिडी रेसियो भएको बेला बैंकको सिडी रेसियो बढेको हो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८३ साउन ७ बिहीवार ०७:२९

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...