YouTube Link

लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष पक्राउ

Facebook Link

रामेछाप: रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्का पक्राउ परेका छन् ।

शरिर बन्दक तथा ठगीको आरोपमा प्रहरीले अध्यक्ष खड्कालाई आज गाउँपालिकाबाट नै पक्राउ गरेको हो ।

गाउँपालिकामा सञ्चालित विकास योजनाको उपभोक्ता समितिका पदाधिकारीहरुलाई बन्दक बनाएर खालि चेकमा हस्ताक्षर गर्न लगाएको उजुरीका आधारमा अध्यक्ष खड्कालाई पक्राउ गरिएको रामेछापका प्रहरी प्रमुख बशन्त पाठकले बताए ।

स्थानीयहरुले गाउँपालिकालाई दिएको जग्गा गाउँपालिकाको नाममा नभई व्यक्तिको नाममा पास गराई ठगी गरेको आरोप पनि खड्कालाई लागेको प्रहरी प्रमुख पाठकले जानकारी दिए ।

खड्कालाई शरिर बन्दकको कसुरमा म्याद थप गरी अनुसन्धान अगाडि बढाउने प्रहरीको तयारी छ ।

बेला बेला विवादमा आइरहने खड्काले केहि दिन अगाडि मात्र गाउँपालिकाबाट सुचना जारी गरी लिखु जलविद्युत आयोजनाको कुनैपनि सावारी साधन आफ्नो गाउँपालिकामा चल्न नदिने भन्दै रोक लगाएका थिए ।

जलविद्युत आयोजनाले बाटो मर्मतमा ध्यान नदिएको भन्दै खड्काले आयोजनाको ढुवानीका साधन समेत चल्न नदिएपछि ५ दिनदेखि ठुला मालवाहक सवारी साधनहरु बाटोमा नै अलपत्र परेका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...