माछापुच्छ्रे बैंकको नाफा १ अर्ब २५ करोड रुपैयाँ
वि.सं.२०७७ साउन ३० शुक्रवार ११:४७
2K
shares
काठमाडौं: माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०७६/७७ मा १ अर्ब २५ करोड नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षमा गरेको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४४ करोड रुपैयाँ कम हो ।
बैंकले अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब ६९ करोड रुपैयाँ नाफा गरेको थियो ।बैंकले असार मसान्त सम्म १ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने ९२ अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
बैंकले अघिल्लो आर्थिक वर्षमा ८५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो भने ७५ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । बैंकले निक्षेप १९ अर्ब रुपैयाँले बढाउन सफल भएको छ ।
बैंकको ८ अर्ब ४५ करोड चुक्ता पूँजी रहेको छ । बैंकको खराब कर्जा ०.५४ प्रतिशत, बैंकको सीसीडी रेसियो ७३.८१ प्रतिशत, बेसरेट ९.२१ प्रतिशत, स्प्रेडदर ४.३६ प्रतिशत र कष्ट अफ फण्ड ६.७१ प्रतिशत रहेको छ ।
वि.सं.२०७७ साउन ३० शुक्रवार ११:४७



















