राष्ट्रिय वाणिज्य बैंकको ४ अर्ब ४५ करोड नाफा
वि.सं.२०७७ साउन ३० शुक्रवार ११:०४
1.4K
shares
काठमाडौं: राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार बैंकले ४ अर्ब ४५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।
बैंकले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्ममा ५ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी घटेसँगै खुद नाफा घट्न पुगेको हो ।
अघिल्लो आर्थिक वर्ष भन्दा ५९ करोड अर्थात ११.७० प्रतिशतले कम हो ।
बैंकको वितरण योग्य नाफा भने एक अर्ब ३ करोड रुपैयाँ रहेको छ । बैंकले दुई खर्ब ३० अर्ब रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ५० अर्ब रुपैयाँ कर्जा लगानी गरेको देखिन्छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६३ करोड २९ लाख रुपैयाँ घटेर ९ अर्ब ३१ करोड रुपैयाँमा सीमित भएको छ ।
बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा ४३ करोड ७० लाख रुपैयाँ घटेर ६ अर्ब ३ करोड रुपैयाँमा सीमित भएको छ । बैंकको खुद ब्याज आम्दानी ९ अर्ब ३१ रुपैयाँ आर्जन गरेको छ ।
९ अर्ब चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १३ अर्ब ८ करोड रुपैयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी ४९.४५ प्रतिशत रहेको छ ।
वि.सं.२०७७ साउन ३० शुक्रवार ११:०४




















