प्राईम लाईफ इन्स्योरेन्सको जीवन बीमा कोषमा वृद्धि
वि.सं.२०७७ साउन २५ आइतवार १९:०२
3K
shares
काठमाडौं: प्राईम लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष ७६/७७ को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ।
आर्थिक वर्ष ७६/७७ को चौथो त्रैमास सम्ममा कम्पनीले ३ अर्ब ३० करोड कुल बीमा शुल्क आर्जन गरेको छ।
आर्थिक वर्ष ७५/७६ को चौथो त्रैमासमा कम्पनीले २ अर्ब ९५ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो।
त्यस्तै समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जन रकम पनि २ अर्ब ८६ करोड बाट वृद्धि भएर ३ अर्ब २६ करोड पुगेको छ।
कम्पनीको जीवन बीमा कोष ८ अर्ब ९० करोड बाट वृद्धि भएर ११ अर्ब ४७ करोड पुगेको छ ।
२ अर्ब २५ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ८८ करोड ९८ लाख रुपैयाँ रहेको छ।
आर्थिक वर्ष ७५/७६मा ३१ करोड ३० लाख खुद मुनाफा गरेको कम्पनीले अहिले आर्थिक वर्ष ७६/७७ को चौथो त्रैमासमा भने २९ करोड ८५ लाख खुद मुनाफा गरेको छ । कम्पनीको खुद मुनाफा भने घटेको छ।
कम्पनीको वार्षिक प्रति शेयर आम्दानी १३ रुपैयाँ २२ पैसा रहेको छ भने किताबी मूल्य १ सय ४५ रुपैयाँ ५६ पैसा रहेको छ।
तर जीवन बीमा कम्पनीहरुको वास्तविक नाफा भने बीमांकीय मूल्याङकनपछि मात्र देखिन्छ।
वि.सं.२०७७ साउन २५ आइतवार १९:०२



















