दुईवटा हात्ती भएको एक हजारको नयाँ नोट चलनचल्तीमा
वि.सं.२०७७ साउन ७ बुधवार ०८:२१
1.4K
shares
काठमाडौं: नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याएको छ ।
नयाँ नोटमा चितवनको हात्तीसारमा जन्मिएका जुम्ल्याहा हात्ती राम लक्ष्मणको चित्र राखिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसअघिको नोटमा एउटा मात्र हात्तीको तस्बिर थियो । हात्तीबाहेक नोटमा अरु केही पनि फरक नहुने पनि बैंकले जानकारी दिएको छ ।
नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको छ । नयाँ नोटमा राष्ट्र बैंकका पूर्व गभर्नर डाक्टर चिरञ्जीवी नेपालको हस्ताक्षर छ ।
वि.सं.२०७७ साउन ७ बुधवार ०८:२१



















