एनएमबि बैंक र जडिबुटी व्यवसायी संघबीच द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर
वि.सं.२०७७ साउन ६ मंगलवार ०९:२७
1.8K
shares
काठमाडौं: एनएमबि बैंक लिमिटेड र जडिबुटी व्यवसायी संघ नेपालबीच संघका सदस्यहरूको क्षमता अभिवृद्घि, वित्तीय परामर्श, खाता सञ्चालन तथा कर्जा सहुलियत सहितका विविध क्षेत्रका गतिविधिहरूमा साझेदारी स्थापना गर्ने गरी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत गोविन्द घिमिरे र जडिबुटी व्यवसायी संघ नेपालका तर्फबाट अध्यक्ष विष्णु भण्डारीले हस्ताक्षर गरे । एनएमबि बैंकले देशको दिगो विकासमा टेवा पुर्याउने क्षेत्रहरु जस्तै साना तथा मझौला उद्योग, कृषि, जलश्रोत लगायत उद्यमशीलता विकासमा स्थानिय स्रोत र साधनलाई परिचालन गरेर सहुलियतपूर्ण कर्जा प्रदान गर्दे आएको छ ।
वि.सं.२०७७ साउन ६ मंगलवार ०९:२७



















