नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेपछि सेयर बजारमा निकै उत्साह देखियो
वि.सं.२०७७ साउन ४ आइतवार १६:११
1.4K
shares
काठमाडौं: राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेपछि पहिलो पटक खुलेको सेयर बजारमा निकै उत्साह देखिएको छ ।
लागानीकर्ताहरुले खरिद चाप बढाउँदा बजार परिसूचक १ घण्टा पनि कारोबार हुन नपाउँदै सकारात्मक सर्किट ब्रेकर लागेर बन्द भयो । करिब ८४ अंकले बजार बढ्दा नेप्से परिसूचक १४८० बिन्दुको नजिक पुगेको छ । गत फागुन २० गतेभन्दा पछिको उच्च विन्दु हो ।
सेयर बजारका लगानीकर्ता यसरी उत्साहित देखिनुमा सेयर बजार लगायत समग्र अर्थतन्त्रमा मौद्रिक नीतिले लिएको योगदानलाई कारण मानिएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिलाई पुँजीबजार आफैंले पनि स्वागत गरेको छ भने अटो क्षेत्र, हाउजिङ क्षेत्र र लघुवित्त वित्तीय संस्थाबाहेक अरु सबैले यो मौद्रिक नीतिको प्रशंसा गरेका छन् ।
वि.सं.२०७७ साउन ४ आइतवार १६:११




















