बैदिशिक रोजगारमा रहेका नेपालीहरुको उद्धार उडानलाई प्राथमिकता दिने सरकारको निर्णय
वि.सं.२०७७ साउन ४ आइतवार १५:५४
1.8K
shares
काठमाडौं: सरकारले विभिन्न देशबाट अलपत्र नागरिकलाई उद्धार गरिरहेको अवस्थामा ठूलो संख्यामा नेपाली रहेका देशबाट उद्धार गर्न हवाई उडानलाई प्राथमिकता दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय निर्णय लिएको छ ।
कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) निर्देशक समितिले धेरै संख्यामा नेपाली रहेका देशहरुमा उद्धार उडानलाई प्राथमिकता दिने निर्णय गरेको हो । आइतबार सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले धेरै श्रमिकलाई उद्धार गर्न बाँकी रहेका देशहरुबाट श्रमिकहरुलाई ल्याउन हवाई उडानलाई प्राथमिकता दिने निर्णय गरेको छ ।
कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको सन्दर्भमा परिमार्जन गर्न सम्बन्धित मन्त्रालयबाट मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने गरी छलफल गर्ने निर्णय भएको छ ।
कोरोना संक्रमणको संख्यामा हाल केही कमी हुँदै गएको र निश्क्रमणको संख्याहरु बढ्दै गएको हुनाले यसलाई नियन्त्रित रुपमा राख्न पर्ने नै विश्लेषण भएको छ । केही निकायहरुबाट अनुमतिका लागि सीसीएमसीमा आएको सन्दर्भमा छलफल हुँदा साउन ६ गतेसम्म कायम भएको नेपाल सरकारको निर्णय छ त्यो निर्णयलाई परिमार्जन गर्न के कस्तो क्रियाकलापहरु गर्न सकिन्छ अथवा यसलाई कसरी लानुपर्छ भन्ने विषयमा फेरि छलफल गरेर नेपाल सरकार मन्त्रिपरिसद्मा सम्बन्धित मन्त्रालयबाट प्रस्ताव लैजाने पनि गरी निर्णय गरेको छ ।
वि.सं.२०७७ साउन ४ आइतवार १५:५४




















