३६औं वार्षिकोत्सवमा नबिलले ल्यायो ऋणीलाई लक्षित अफर
वि.सं.२०७७ साउन २ शुक्रवार ०९:२५
1.2K
shares
काठमाडौं: नबिल बैंकले सम्पूर्ण ऋणी ग्राहकहरुको आवश्यकतालाई सहज पार्ने उद्देश्यले “३६औं वार्षिकोत्सव योजना” ल्याएको छ ।
योजना अन्तर्गत, बैंकले रिटेल कर्जा (घर कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट) र साना तथा मझौला ब्यवसाय कर्जामा विशेष व्याज छुट दिने छ ।
जस अन्तर्गत: घर कर्जामा: ७.९९%, धितो कर्जामा: ८.४९%, व्यक्तिगत ओभरड्राफ्टमा: ८.४९%, साना तथा मझौला कर्जामा: ७.९९% योजना ल्याएको छ ।
सिमित समयको लागि बैंकले ल्याएको विशेष छुट वार्षिकोत्सव योजनाको प्रक्रिया सबै शाखाहरुबाट अगाडी बढाउन सकिनेछ । यस योजनाबाट रिटेल र साना तथा मझौला ब्यवसायका ग्राहकहरुलाई केहि सहायता पुग्ने बैंकले विश्वास गरेको छ ।
नबिल बैंकको १ सय १८ शाखा, १ सय ७५ एटिएम र १५ सय भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भुमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।
वि.सं.२०७७ साउन २ शुक्रवार ०९:२५




















