YouTube Link

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी

World Cup 2026
Facebook Link

काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघको चुनावका लागि वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले आफ्नो प्यानलको उम्मेदवारी घोषणा गरेका छन् ।

काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले आफ्नो प्यानलको उम्मेदवारी घोषणा गरेका हुन् । आफ्नो समूहमा अनुभव र विश्वासले खारिएका व्यवसायीहरु रहेको उल्लेख गर्दै उनले हरेक क्षेत्रका व्यवसायीहरुका समस्या सम्बोधन गर्न सधैं साथमा रहने प्रतिवद्धता व्यक्त गरे ।

उनले अध्यक्षका दाबेदार शेखर गोल्छाको भूमिकाप्रति भने आपत्ति जनाए । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान कायम राख्न आफूले खेलेको भूमिका गोल्छाले भूलेको आरोप लगाए । ‘वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रस्ताव किन पारित गरेका थियौँ र त्यसको मर्मलाई अहिले कसले मार्दैछ रु त्यो केका लागि रु केही महिनाअघि नेतृत्वमा बसेका साथीहरुले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान हटाउनुपर्छ भन्दा त्यो प्रावधान हटाउनु हुँदैन भनेर कसले लबिङ गरेको थियो ?’ उनले भने, ‘भविष्यमा हामी जे गरौला गरौँला अहिले वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा नै अध्यक्ष पाउनुपर्छ भनेर ठूलै मिहेनत नगरेको भए सायद आज चुनाव फरक हिसाबको हुन्थ्यो होला । यो कुरा हेक्का राख्नुपर्छ ।’

ढकालले आफ्नो प्यानलले विजयी हुने दाबी गर्दै त्यसपछि गोल्छा नेतृत्वलाई सघाउन तयार रहेको प्रष्ट पारे । ढकाल समूहबाट जिल्ला/नगर उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत उपाध्यक्षमा वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघाई उम्मेदवार बनेका छन् ।

साउन २६ र २७ गतेबाट हुने महासंघको चुनावी अधिवेशनमा वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधानले पनि आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । यद्यपि, अहिलेसम्म प्रधान समूहको उम्मेदवारी घोषणा भएको छैन ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...