एनएमवि बैंकको विशेष साधारणसभाद्वारा कञ्चन डेभलपमेन्ट बैंक प्राप्ति गर्ने प्रस्ताव पारित
वि.सं.२०७७ असार २२ सोमवार २३:०४
1.3K
shares
काठमाडौं: एनएमवि बैंकको विशेष साधारण सभाले कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।
कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडको सम्पत्ति र दायित्वको मूल्याङ्कन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको शेयर मुल्य अनुपात १००:८५ लाई उक्त विशेष साधारण सभाले स्वीकृति प्रदान गरेको छ । जसअनुसार कञ्चन डेभलपमेन्ट बैंकका शेयरधनीहरुले कञ्चन डेभलपमेन्ट बैंकको १०० कित्ता बराबर एनएमबि बैंक लिमिटेडको ८५ कित्ता शेयर प्राप्त गर्नेछन् ।
सुदुर पश्चिम क्षेत्रमा बलियो उपस्थिति रहेको कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरे पश्चात पश्चात बैंकको चुक्ता पुँजी १४ अरव ४५ करोड पुग्नेछ भने रिजर्भ ७ अर्व ५ करोड पुग्नेछ । साथै, शाखा कार्यालयहरुको संख्या १८४ तथा एक्टेन्सन काउन्टरहरुको संख्या ८ पुग्नेछ ।
वि.सं.२०७७ असार २२ सोमवार २३:०४




















