YouTube Link

छ वटा महानगरपालिकाको आर्थिक वर्ष ०७७/७८ को बजेट ३८ अर्ब ८१ करोड ५७ लाख ६६ हजार

Facebook Link

काठमाडौं: स्थानीय सरकारहरूले आर्थिक वर्ष २०७७/७८ का लागि बजेट सार्वजानिक गरेका छन् । देशका ६ वटा महानगरपालिका मध्ये २ वटाले चालु आर्थिक वर्ष २०७६/७७ को तुलनामा बजेट बढाएका छन् भने ४ वटाले घटाएका छन् ।

काठमाडौँ र भरतपुर महानगरपालिकाले चालु आर्थिक वर्षको तुलनामा बजेट बढाएका छन् । सबैभन्दा बढी भरतपुर महानगरपालिकाले २३ दशमलव २२ प्रतिशत बजेट बढाएको छ भने सबैभन्दा बढी विराटनगर महानगरले ३४ दशमलव ६ प्रतिशतले घटाएको छ । सबैभन्दा धरै बजेट काठमाडौँ महानगरपालिकाले सार्वजानिक गरेको छ । अन्य महानगरपालिकाहरू ललितपुर, पोखरा, वीरगन्ज र विराटनगरले बजेट केही मात्रामा €घटाएका छन् ।

आगामी आर्थिक वर्ष २०७७/७८ का लागि काठमाडौँ महानगरपालिकाले १६ अर्ब ४२ करोड ७३ लाख २६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गत वर्षको तुलनामा यो बजेट ५ दशमलव ९३ प्रतिशत बढी हो । चालु आर्थिक वर्षका लागि १५ अर्ब ५० करोड ७० लाख १२ हजार रुपैयाँको बजेट पेश भएको थियो काठमाडौँले ९२ करोड ३ लाख १४ हजार रुपैयाँ बढाएको छ ।

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ४ अर्ब १५ करोड ६४ लाख रुपैयाँको बजेट सार्वजानिक गरेको छ । यो बजेट चालु आर्थिक वर्षको भन्दा ७८ करोड ३२ लाख ८३ हजार रुपैयाँ अर्थात २३ ७ दशमलव २२ प्रतिशत बढी हो ।

यस्तै पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ६ अर्ब १९ करोड ७१ लाख ७८ हजार रुपैयाँको बजेट सार्वजानिक गरेको छ । यो बजेट चालु आर्थिक वर्षको तुलनामा २३ दशमलव २२ प्रतिशत अर्थात ८० करोड ८२ लाख २२ हजार रुपैयाँ कम हो ।

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ को का लागि ४ अर्ब ७९ करोड १५ लाख ६२ हजार ५१५ रुपैयाँको बजेट सार्वजानिक गरेको छ । यो बजेट चालु आर्थिक वर्षको तुलनामा ९ दशमलव ८३ प्रतिशत अर्थात ५२ करोड २७ लाख ९४ हजार ४८५ रुपैयाँ कम हो ।

त्यसैगरी वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि ३ अर्ब ८६ करोड ५१ लाख ९० हजार ३३५ रुपैयाँको बजेट सार्वजानिक गरेको छ । यो बजेट चालु आर्थिक वर्षको तुलनामा १३ दशमलव ७४ प्रतिशत अर्थात ६१ करोड ६१ लाख ५८ लाख ५४४ रुपैयाँ कम हो ।

यस्तै विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि ३ अर्ब ३७ करोड ८१ लाख १० हजार रुपैयाँको बजेट सार्वजानिक गरेको छ । यो बजेट चालु आर्थिक वर्षको तुलनामा ३४ दशमलव ६ प्रतिशत अर्थात १ अर्ब ७४ करोड ४९ लाख ८० हजार रुपैयाँ कम हो ।

स्थानीय शासन सञ्चालन ऐन २०७४ मा स्थानीय तहले प्रत्येक वर्ष असार १० गतेभित्र आफ्नो सभामा बजेट पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...