YouTube Link

कोरोना भाइरसविरुद्धको नयाँ खोपको मानवीय परीक्षण सुरू

Facebook Link

एजेन्सी: कोरोना भाइरसविरुद्धको नयाँ खोपको मानवीय परीक्षण बेलायतमा सुरू भएको छ । स्वस्फूर्त रुपमा खोपको परीक्षणमा सहभागी व्यक्तिलाई नयाँ खोपको डोज दिने प्रक्रिया थालिएको वैज्ञानिकहरुले जनाएका छन् ।

इम्पेरियल कलेज लण्डनका प्राध्यापक रोबिन शाट्टोक र उनका सहकर्मीहरूको नेतृत्वमा परीक्षण सुरू भएको हो । झण्डै तीन सय जनालाई आउँदा हप्ताहरूमा कोरोना भाइरसविरुद्धको सम्भावित खोप दिइने र परीक्षणमा सहभागी हुने व्यक्तिहरूलाई हाल ‘इम्युनाइज्ड्’ गर्न थालिएको हो । पहिलो चरणको परीक्षणको रिपोर्ट आएपछि यो खोपको दोस्रो चरणको मानवीय परीक्षण आउँदो अक्टोबरमा सुरू र दोस्रो चरणको परीक्षणमा ६ हजार मानिस सहभागी हुने छन् । इम्पेरियल कलेजका वैज्ञानिकहरूले अहिले परीक्षणमा रहेको खोप आउँदो वर्ष सन् २०२१ को सुरूमा बेलायत तथा विश्वका अन्य देशमा वितरण गर्न सकिने बताएका छन् ।

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले तयार पारिरहेको खोपको मानवीय परीक्षण यसअघि नै सुरू भई तेस्रो चरणको मानवीय परीक्षणको तयारी हुँदैछ । अहिलेसम्ममा विश्वभर कोरोना भाइरसविरुद्धका खोप बनाउनका लागि वैज्ञानिक तथा अनुसन्धान संस्थाहरू जुटेका छन् भने सम्भावित १२० खोपमा काम भइरहेको जनाईएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...