YouTube Link

लिम्पियाधुरा नक्सामा त जोडियो, सांस्कृतिक रुपमा कहिले जोडिन्छ ?

Facebook Link

काठमाडौः नेपाल सरकारले गत जेठ ५ गते लिम्पियाधुरा समेटिएको नेपालको वास्तविक नक्सा मन्त्रिपरिषदबाट पारित गरेसँगै भूमि व्यवस्था सहकारी एवं गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले करिव ३७२ वर्ग किलोमिटर क्षेत्रफलमा समेटिएको नयाँ नक्सा जेठ ७ गते सार्वजनिक गरिन् । त्यसपछि जेठ ३१ गते संविधान संशोधन भयो र नेपालको आधिकारिक निशान छापमा लिम्पियाधुरा समेटियो ।

लिम्पियाधुरावारिकुटी गाउँभन्दा २६ किलोमिटर पूर्वको कालापानीमा बसेको भारतीय सैनिकले नेपालीलाई त्यहाँभन्दा उत्तर-पश्चिम प्रवेश गर्नमा रोक लगायो जसले गर्दा नेपाली राज्य संयन्त्र कालापानी पश्चिमका तीन गाउँको रहन-सहनका साथै पर्यावरणीयस्थितिको विषयमा अनभिज्ञ छ । सरकारले लिम्पियाधुरा क्षेत्रलाई नेपालको प्रमाणित पार्ने दस्तावेज तयार पारेसँगै लिम्पियाधुरा क्षेत्रका तीन गाउँ सांस्कृतिक रुपमा नेपालसँग जोडिनचाहिँ बाँकी नै छ ।

कालापानी पारि जान भारतीय दूतावासको अनुमति चाहिने भएकाले सो क्षेत्रमा कति घरबार छन्, सांस्कृतिक पक्ष कस्तो छ ? सो क्षेत्रबारे जानकारी लिन कठिन भएसँगै ‘गुञ्जी, नाभी र कुटी नेपाली भू-भाग हो’, नेपाल सरकारले त्यस क्षेत्रमा जान भारतीय दूतावासको अनुमति नचाहिने व्यवस्था ’केन्द्र सरकारले छिट्टै वातावरण बनाइदिनुपर्ने लिम्पियाधुरा समेत समेटिएको व्याँस गाउँपालिकाका अध्यक्ष दिलीप बुढाथोकीको माग छ ।

त्रिभुवन विश्वविद्यालयको इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका प्रमुख मदनकुमार रिमालले राज्यले देशको सरहदभित्रको संस्कृति र परम्पराको जानकारी लिनुपर्ने गुञ्जी, नाभी र कुटीवासीले आफूहरू नेपाली भएको जानकारी नै पाएका छन् कि छैनन्, पाँच दशकअघि नेपाली संस्कृति अनुसार बाँचेका उनीहरूको संस्कृति अहिले कति बदलियो र उनीहरू अहिले कस्ता छन्, नेपाल राज्यले खोजखबर गर्नुपर्ने उनको भनाई छ ।

अहिले भारतको पिथौरागढ जिल्ला अन्तर्गत् भोगचलनमा रहेको यी गाउँहरूमध्ये गुञ्जी कुल १८८.९ हेक्टर क्षेत्रफलमा फैलिएको गाउँ हो । यो गाउँमा कुल १९४ घर परिवार छन् । सन् २०११ को भारतीय जनगणना अनुसार त्यहाँको जनसंख्या ३३५ छ । गुञ्जीका मानिसहरू हरेक वर्ष हिउँद लागेपछि (नोभेम्बरमा) चार दिन हिँडेर छ महिनाका लागि तलछुवा भन्ने बेँसीमा र्झछन् । गर्मीयाममा अधिकतम १० डिग्रीसेल्यिस र हिउँदमा न्यूनतम माइनस २० डिग्री सेल्सियससम्म तापक्रम हुने गुञ्जी क्षेत्र वर्षको एक सिजनमा मात्र राजमा, केराउ, उवा, जौ लगायतको उब्जनी हुन्छ ।

गुञ्जीबाट १७ किलोमिटर उत्तर-पश्चिममा पर्ने अर्को गाउँ कुटीमा अहिले करिब ११५ वटा प्राचीन शैलीका घरहरु पाईएको पिथौरागढ जिल्लाले गरेको जनगणना रिपोर्टमा उल्लेख छ । गुञ्जी र कुटीको रहन-सहन सांस्कृति समान छ । कुटीबाट ३५ किलोमिटर पूर्वीदक्षिणी भेगमा पर्ने नाभी (भारतीय चलनमा नाभीदाग) को रहनसहन गुञ्जी र कुटीसँग मिल्दोजुल्दो छ ।

हाल नेपाल सरकारले ती भूमि नेपालकै हो भन्ने आधारमा गरेको तर्कलाई पुष्टि गर्न २०३५ सालसम्म नेपाललाई त्यहाँका स्थानीयले बुझाएको तिरो समेत एक प्रमाण हो भने २०१८ सालको नेपालको जनगणनामा गुञ्जी, कुटी र नाभी क्षेत्रमा खटिएका भैरव रिसालका अनुसार त्यसबेला ती तीन गाउँका मानिसहरुको आवतजावत दार्चुला जिल्ला सदरमुकाम खलंगामा बाक्लै थियो । यसले पनि सांस्कृतिक एवं जातजातिको हिसाबले पनि त्यहाँ रहेका बासिन्दाहरूको नेपालसँगै धेरै साइनो रहेको मान्न सकिन्छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...