YouTube Link

नेपाल टेलिकमको आम्दानी घट्यो

Facebook Link

काठमाडौं: चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा नेपाल टेलिकमको आम्दानी घटेको छ । गएको आर्थिक वर्षको पहिलो ९ महिनाको तुलनामा यो आर्थिक वर्षको ९ महिनाको आम्दानी ६७ करोड रुपैयाँभन्दा धेरैले घटेको छ ।

टेलिकमले ९ महिनामा २६ अर्ब ८३ करोड ६६ लाख ४५ हजार आम्दानी गरेको छ । गएको वर्षको यही अवधिमा २७ अर्ब ५० करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो । टेलिकमले २०७५ चैत्र १ देखि कम्पनीले रिचार्ज कार्डको बिक्रीमा कमिसनको सट्टा छुट गणना सुरु गर्दा आम्दानी घटेको जनाएको छ । छुटको कारणले पनि सेवा बापतको आय घटेको उसको दाबी छ ।

चालु आवको तेस्रो त्रैमासिकसम्म यो छुट रकम कुल ८५ करोड ३३ लाख ४४ हजार रहेको छ । यसरी चालु आवको तेस्रो त्रैमासिकसम्मको कुल आयमा छुट पनि सम्मिलित गर्दा कुल आय गत आवको त्यही अवधिको तुलनामा झण्डै १८ करोडले धेरै हुने टेलिकमको दाबी छ । त्यसको अतिरिक्त कोरोना भाइरसको महामारी नियन्त्रणको लागि चैत्र ११ देखि घोषणा गरिएको लकडाउनको कारणले चैत्र महिनाको राजस्वमा नकारात्मक असर परेको पनि टेलिकमले जनाएको छ ।

लकडाउनको अवधिमा चैत्र २०७६ भित्र कम्पनीले टपअपमा प्रदान गरेको शतप्रतिशत बोनस रकम ५३ करोड चार लाख रुपैयाँ बराबरको छ । त्यही अवधिमा शून्य ब्यालेन्स भएका मोबाइल प्रयोगकर्ताहरूलाई पाँच करोड ३३ लाख रुपैयाँ बराबरको शून्य ब्यालेन्स प्याकेज प्रदान गरिएको छ । त्यसैगरी मोबाइल सेवाको आधारभूत दरमा २७ देखि ३० प्रतिशतसम्म छुट प्रदान गरिएको छ, त्यो आठ करोड दुई लाख रुपैयाँ बराबरको हुन्छ ।

यसरी लकडाउनको कारण कम्पनीको आयमा कुल ६६ करोड ९९ करोड रुपैयाँ बराबरको नकारात्मक असर परेको हो । यसबाहेक कम्पनीले कोरोना राहत कोषमा १० करोड योगदान गरेको टेलिकमले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...