लागु औषध कारोबारमा रियाल मड्रिडका पूर्व फुटबल खेलाडी एड्विन पक्राउ
वि.सं.२०७७ वैशाख ३१ बुधवार १२:१४
1.7K
shares
एजेन्सीः रियाल मड्रिड तथा कोलम्बियाका पूर्व फुटबल खेलाडी एड्विन कङ्गो लागुऔषध कारोबारको आरोपमा पक्राउ गरेका छन् । ४३ वर्षिय एड्विनल वान्स् कोलाडासबाट सन् १९९९ मा ५ मिलियन युरोमा रियाल मड्रिड पुगेका थिए ।
एड्विनलाई स्पेनको केन्द्रिय नार्काटिकस् विभागले राजधानी मड्रिडबाट पक्राउ गरेको हो । उनलाई प्राथमिक केरकारपछि आवश्यकता अनुसार पुनः हाजिर हुने शर्तमा रिहाई गरिएको छ । प्रहरी अनुसन्धान टिमले उनीसँगै अन्य १० जनालाई चरेसको कारोबारमा पक्राउ गरेको थियो ।
एड्विनले रियाल मड्रिडका लागि सन् २००३ सम्म खेलेका थिए । तत्कालिन समयमा ५ मिलियन युारेमा रियाल प्रवेश गर्दा उनी कोलम्बियन खेलाडीहरुमा सबैभन्दा महङ्गो खेलाडी बनेका थिए । खेल जिवनबाट सन्यास पश्चात एड्विन टेलिभिजनमा फुटबल पण्डितको काम गरिरहेका छन् । एड्विन लागुऔषध कारोबारमा संलग्न रहेको नरहेका भन्ने अनुसन्धान जारी छ ।
वि.सं.२०७७ वैशाख ३१ बुधवार १२:१४



















